११ दलीय मोर्चाद्धारा एमसीसीको खारेजीका लागि आषाढ ९ गते काठमाडौंमा र देशका सबै जिल्लामा विशाल जन प्रदर्शन गरिने

११ दलीय मोर्चाद्धारा एमसीसीको खारेजीका लागि आषाढ ९ गते काठमाडौंमा र देशका सबै जिल्लामा विशाल जन प्रदर्शन गरिने

आषाड ८ गते काठमान्डौ,
अमेरिकी रक्षा मन्त्रालयले तयार पारेको ‘हिन्द प्रशान्त रणनीतिक प्रतिवेदन’मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’एमसीसी ओली सरकारले संसदको चालु अधिवेशनबाटै पारित गर्न थालेको छ । एमसीसी राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रिडा स्थल र रणभूमि बनाउने भएकाले उक्त एम्सीसी सम्झौताको खारेजीकालागि संघर्ष गर्ने तयारीका साथ यही आषाढ ७ गते लामो समयदेखि एमसीसीको खारेजीका लागि संघषरत नेपालका विद्यमान १० दलहरुको वैठक वसी निम्न निर्णयहरु गरेको जानकारी प्राप्त भएकोछ । प्रेस विज्ञप्तिको पूर्ण विवरण तल दिइएकोछ–

प्रेस विज्ञप्ति
अमेरिकी प्रशासनको पेन्टागनले तयार पारेको ‘हिन्द प्रशान्त रणनीतिक प्रतिवेदन’मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’सँग नेपालका विभिन्न सरकारहस्ले सम्झौता गर्दै आएका छन् । त्यसलाई अन्तिम रुप दिन संसदको चालु अधिवेशनबाटै पारित गर्नु पर्ने अमेरिकी निर्देशनलाई कार्यान्वयन गर्न ओली सरकार टुप्पीदेखि पैतालासम्मको बल लगाएर लागि परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा के पी ओली यसलाई पारित गराउने दाउमा लागेका छन् ।
राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रिडा स्थल र रणभूमि बनाउने एम्सीसी सम्झौताको खारेजीकालागि नेपाली जनता पनि एकतावद्ध भएर संघर्षमा सम्मिलित हुँदै गइरहेका छन् । ठिक यसै समयमा राष्ट्रिय स्वाधिनताकालागि लड्दै आएको ११ दलको बैठक हालै सम्पन्न भएको छ । बैठकमा आमन्त्रित एमसीसीको विरोधमा सकृय मंच, अभियानका नेतृत्व र सम्मानित व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । यो संगीन परिस्थितिमा सम्पन्न यो बैठकले लिएका निर्णयको निकै ठुलो महत्व हुने महशुस गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
(१) पहिले संघर्षरत रहँदै आएको १० दलमा अब ‘राष्ट्रिय जागरण मंच’ थपिएको छ ।
(२) एम्सीसीको खारेजीका लागि सशक्त संघर्षलाई अघि बढाउनका लागि निम्नअनुसारका निर्णय लिइएका छन्ः
(क) संघर्षलाई केन्द्रीत र घनिभूत बनाउनकालागि अन्य सबै विषयलाई थाति राखी यो संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म ‘एम्सीसीको खारेजी’लाई एक सूत्रीय माग बनाउने निर्णय गरिएकोछ ।
(ख) यसै मुद्दामा केन्द्रीत भएर संघर्ष गरिरहेका सबै शक्ति र व्यक्तित्वहरुसँग संघर्षमा तालमेल मिलाई, समन्वय गरी एकतावद्धरुपमा अघि बढ्ने निर्णय भएको छ ।
(ग) आगामी १० गते हुन लागेको सत्तारुढ नेकपाको स्थायी समितिको बैठक मूलतः एम्सीसीलाई संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीत हुने देखिएको छ । अतः आगामी ११ गते बैठक बसी विकसित परिस्थिति माथि ध्यान दिँदै संघर्षको आगामी योजना तय गरिने छ ।
(३) एम्सीसी सम्झौताको खारेजीका लागि आगामी आषाढ ९ गते काठमाडौंमा विशाल संयुक्त जन प्रदर्शन गरिने छ । यो जन प्रदर्शनलाई ऐतिहासिक बनाउनका लागि यसमा सामेल हुन सबैलाई आह्वान गरिएको छ ।
(४) असार ९ गते काठमाडौं उपत्यका बाहिरका सबै जिल्लामा पनि यसै विषयमा विरोधका संयुक्त कार्यक्रमहरु संचालन गर्न आह्वान गरिएको छ ।
(५) संघर्षका कार्यक्रम ः
एम्सीसी सम्झौता खारेजीकालागि आगामी असार ९ गते काठमाडौंमा संयुक्त विशाल जन प्रदर्शन ।
स्थान ः माइतीघर मण्डला । समयः दिनको ठिक १ बजे ।
असार ९ गतेनै देशका सबै जिल्लामा संयुक्त जन प्रदर्शन ।
असार ८ गते नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम । समयः दिनको ४ बजे ।

हस्ताक्षरकर्ताहरु
१.मोहनविक्रम सिंह, महामन्त्री, नेकपा(मसाल)
२. मोहनवैद्य (किरण), महासचिव, नेकपा(क्रान्तिकारी माओवादी)
३. सीपी मैनाली, महासचिव, नेकपा(माले)
४. चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५. सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६. लोकनारायण सुवेदी, सहसंयोजक, नेकपा
७. गोपाल किराती, अध्यक्ष, नेकपा(माओवादी केन्द्र)
८. सुभासराज काफ्ले, अध्यक्ष, जन समाजवादी पार्टी नेपाल
९. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद नेपाल
१०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा(संयुक्त
११. गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च