अषाढ ६ काठमान्डौ,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले विद्यार्थीका हकहीत र देशमा शिक्षालाई माफियाकरण र दलालीकरणतर्फ लैजाने सकारका विरुद्ध शिक्षा र र स्वास्थ्यमा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफीयाकरणका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । यसै सन्दर्भमा हालै वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले पोस्ट ग्रयाजुएट अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुसँग सरकारले तोकेको शुल्कभन्दा बढता शुल्क मागेको विरोधमा संगठनका तर्फबाट अखिलका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलद्धार एउटा प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ, जसको पूर्ण विवरण तल दिइएकोछ–
प्रेस विज्ञप्ति

हार्दिक शुभकामना !

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विगत लामो समयदेखि नै शिक्षा र स्वास्थ्यमा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफीयाकरणका वि?द्ध निरन्तर संघर्ष गर्दै आएको कुरा स्पष्ट नै छ । शिक्षा र स्वास्थ्य पूर्ण?पमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ हुनुपर्ने कुराको साथसाथै वैज्ञानिक एवं जनवादी शिक्षाको कुरासमेत जोडदार ढंगले उठाउँदै आइरहेको पनि जानकारी गराउँदछौं । साथै, हाम्रो संगठन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा पनि निरन्तर संघर्ष गर्दै आइरहेको कुरा समेत स्पष्ट गर्दछौं ।
त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले पोस्ट ग्रयाजुएट (पिजी)का लागि २०७४ असार २६ गते मेडिकल कलेजको शुल्क निर्धारणसमेत गरेको थियो । हालै वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले पोस्ट ग्रयाजुएट अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीह?सँग सरकारले तोकेको शुल्क ?. ३० लाख ९६ हजार ३ सय ९६ र छात्रावास शुल्कसमेत लिइसकेको अवस्थामा पिजीको अन्तिम परीक्षाको पूर्वसन्ध्यामा प्रत्येक विद्यार्थीबाट थप ?. १५ लाख ९५ हजार मागिएकोमा हाम्रो संगठन त्यसको घोर विरोध एवं निन्दा गर्दछ । विभिन्न बहाना गरेर थप शुल्क लिने कार्य यथाशीघ्र बन्द गरी विद्यार्थीको फाराम भर्ने काम गराइयोस् भनी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं । अन्यथा, हाम्रो संगठन सशक्त संघर्षमा उत्रन बाध्य हुने समेत जानकारी गराउन चाहन्छौं ।
क्रान्तिकारी अभिवादनसहित !
………………..
हरिकृष्ण गजुरेल
अध्यक्ष
अखिल (क्रान्तिकारी)

प्रतिक्रिया

सम्बन्धित खवर