आषाढ ३ गुलरीया वर्दीया,
आज आषाढ ३ गते बर्दीयाको गुलरीया बजारको राधाकृष्ण चोकमा एमसीसीको खारेजीको माग गर्दै राजनीतिक दलहरुको संयुक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएकोछ । विरोध जुलुससहीतको उक्त कार्यक्रम गुलरीया बजारको राधाकृष्ण चोकबाट सुरु गरी जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय हुँदै पुनः राधाकृष्ण चोकमा आएर विरोध सभामा परिणत भएको थियो । दिनको करीव १ बजे सुरु गरिएको उक्त विरोध जुलुस र विरोध सभा दिनको ३ः३० बजे सकिएको जानकारी प्राप्त भएको छ ।

हार्दिक शुभकामना !


उक्त विरोध जुलुसमा भारतीय अतिक्रमणकारी सेना नेपाल भूमि छोड, अमेरिकी साम्राज्यवाद मूर्दावाद र एमसीसीको संशोधन होइन पूर्ण खारेजीआदि नाराहरु लगाइएका थिए । प्रमुख अतिथिको रुपमा विरोधसभालाई नेकपा(क्रान्तिकारी माओवादी) पिविएम भुपेन्द्र न्यापानेले सम्वोधन गरेका थिए भने विशेष अतिथिको रुपमा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव तथा राजमोका पूर्व केन्द्रीय सदस्य तुल्सी सापकोटाले सम्वोधन गरेका थिए । कार्यक्रमका अन्य वक्ताहरुमा नेकपा(माले) का जिल्ला सचिव तीर्थबहादुर चन्द र नेकपा(श्रृषि कटेल)का वर्दीया जिल्ला अध्यक्ष बद्रि विशाल यादव थिए ।


 सबै वक्ताहरु राष्ट्रवादी तथा देशभक्तहरु एक जुट भएर एमसीसीको खारेजीका लागि सशक्त आन्दोलन अनिवार्य भएको ठहर गरेका थिए । कार्यक्रमको सभापतित्व नेकपा(क्रान्तिकारी माओवादी) वर्दीया जिल्ला सचिव विपिन रोकायाले गरेका थिए भने यसको सञ्चालन राजमोका युवराज ढकालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर