
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणमा ओली नेतृत्वको सरकार असफल भएको र राष्ट्रको सार्वभौमिकतामाथि गम्भिर आँच आउने अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास गर्न खोजेको भन्दै बालुवाटारमा प्रदर्शन भएको छ ।
सरकारविरुद्ध प्रदर्शन गर्न बुधबार स्वस्तफुर्त जम्मा भएका प्रदर्शनकारीहरुले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारजे गर्नुपर्ने, भारतीय विस्तारवादले अतिक्रमण गरेको भूमि फिर्ता गर्न सरकारले भारतसँग प्रभावकारी कुटनीतिक तथा राजनीतिक वार्ता गर्नुपर्ने लगायतका माग गरेका थिए ।

प्रदर्शनकारीलाई तिरतवितर बनाउन प्रहरीले पानीको फोहोरा हानेको थियो । तर प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।
बिहीबार भएको प्रदर्शनमा दुई हजारभन्दा बढी सहभागी भएको जनाइएको छ ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा आज दिउँसो १ बजे माइतीघर मण्डलामा हुँदैछ विरोध प्रदर्शन । क्रान्तिकारी माओवादीका बरिष्ठ स्थायी समिति सदस्य तथा मोर्चाका अध्यक्ष समेत रहेका नेता सीपी गजुरेलले विरोध प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोध प्रदर्शनमा व्यापक जनसहभागिताको अपेक्षा गरिएको मोर्चाले जनाएको छ ।
एमसीसी सम्झौताकोे खारेज गरिनु पर्ने, भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि प्रभावकारी कुटनीतिक तथा राजनीतिक वार्ता गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, राहत र उद्दारको काम प्रभावकारी हुनुपर्ने, श्रमिक वर्गको तलब सुविधा तथा रोजगारी कटौती बन्द गर्नुपर्ने लगायतका माग राखेर मोर्चाको नेतृत्वमा आज ओली सरकारका विरुद्ध विरोध प्रदर्शन हुन लागेको सम्बद्ध स्रोतले जनाएको छ ।





























