पहिलो लटमा म्यानमारमा अलपत्र परेका २६ नेपालीलाई नेपाल ल्याइयो

यात्रुहरुको अनुभूती यस्तो रहयो–‘नेपाल टेक्नेबित्तिकै आमालाई भेटे जस्तो भयो । आउने बित्तिकै धर्तीलाई ढोगेँ ।’

प्रकाशित मिति : २०७७ जेष्ठ २३



 
 
२३ जेठ, काठमाण्डौं,
आज जेठ २३ गतेबाट नेपाल सरकारको कोरोना महामारी रोकथाम, नियन्त्रण प्रतिकार्यका लागि गठित ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) को संयोजनमा कोरोनाको विश्वव्यापी महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धार कार्य सुरु भएको छ । यसरी सुरु भएको उद्धार कार्यमा आज शुक्रबार पहिलो लटमा म्यानमारमा अलपत्र परेका २६ नेपालीलाई नेपाल ल्याइएको हो ।


उनीहरुलाई म्यानमारी सेनाको एयरफोर्सले काठमाण्डौं ल्याइ पु¥याएको हो भने उनीहरुलाई नेपाली सेनाको स्कर्टिङमा काठमान्डौको बसुन्धरास्थित पार्र्र्टी प्यालेसमा लगेर राखिने र विशेष सुरक्षा तथा सर्तकतासहित होम क्वारेन्टिनमा बस्ने गरी पठाइने बताइएको छ ।
यसैगरी आजै युएईबाट पनि नेपाली ल्याउने सरकारको तयारी अनुसार १२ बजे त्रिभुवन विमानस्थलमा विमान उत्रने बताइए पनि प्राविधिक कारणले युएईबाट बिमान उड्न ढिला भएकोले दिनको ३ बजेतिर उक्त विमान आइपुग्ने बताइएको छ । उनीहरुमा अधिकांशको कोरोना परीक्षण नगरिएकाले नेपाली सेनाको संयोजनमा उनीहरुलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाईएको बताएको छ । साथै उनीहरु होटलको क्वारेन्टाइनमा बस्न चाहेमा त्यसको पनि व्यवस्था गरिने सेनाले जनाएको छ । उक्त क्वारेन्टाइनको अवधि १४ दिनको हुनेछ ।
विदेशबाट उद्धार गरेर ल््याइएकाहरुलाई उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा राखेर सम्बन्धीत प्रदेशमा रहेको क्वारेन्टाइनमा राख्ने सरकारले तयारी गरेको छ । सरकारले विदेशबाट उद्धार गरिएकाहरुलाई आउदा साथ राख्नका लागि काठमाण्डौं, भक्तपुर र ललितपुरका विभिन्न पार्र्टी प्यालेसमा २९ सय जना सम्म राख्न मिल्ने गरी होल्डिङ सेन्टरको तयारी गरेको बताइएको छ ।
ती नेपालीहरु विभिन्न कारणले खासतः आफन्त भेट्न पर्यटक भिसामा म्यानमार गएका थिए । म्यानमारमै रहँदा कोरोना महामारीका कारण नेपालमा हवाई उडान बन्द भयो । र भिसा अवधि सकिँदा पनि उनी नेपाल आउन पाएनन । जब सरकारले विदेशमा अप्ठेरोामा परेका नेपालीलाई उद्धार गर्ने निर्णय ग¥यो, म्यानमारमा रहेकाहरु पहिले स्वदेश फर्किन पाउने भाग्यमानी बने ।
म्यानमारबाट फर्केका नेपाली भन्छन्– काठमाडौं उत्रिनासाथ धर्र्तीलाई ढोगेँ । कोरोना महामारीका बेला अर्काको भूमिमा डरैडरमा बस्नुपरेका बेला स्वदेश फर्किन पाउँदा ठूलो उपलब्धि हासिल भएको जस्तो अनुभूति भएको उनीहरु बताउँछन्। ।
नेपाल उत्रिएपछि केहीले भने, ‘नेपाल आउन पाउँदा त ठूलो उपलब्धि हासिल भएको जस्तो अनुभूति भयो । नेपाल टेक्नेबित्तिकै आमालाई भेटे जस्तो भयो । आउने बित्तिकै धर्तीलाई ढोगेँ ।’
म्यानमार सरकारले नै उनीहरूलाई त्रिभुवन विमानस्थलसम्म ल्याइदिएको हो । म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४र४ जना र प्रदेशका ५ का एक जना रहेका छन । उनीहरुलाई बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको नेपाली प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विमानस्थलमा उनीहरुको स्वास्थ्य जाँच गरेर सेनाले होल््िडङ सेन्टरसम्म गाडीमा ल््याएको थियो ।
उक्त विमानमा काठमाडौंमा अलपत्र परेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लगिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।