रूकूम घटनाप्रति अखिल नेपाल किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति सचिव गंगा राईको प्रेस बक्तब्य

रूकूम घटनाप्रति अखिल नेपाल किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति सचिव गंगा राईको प्रेस बक्तब्य

जेठ १५ गते काठमान्डौ,
२०७७ साल जेठ १० गते रूकूम जिल्लाको चौरजहारी नगरपालिका –८ सोती गाउमा अन्तर जातीय विवाह प्रकरणलाई लिएर घटेको कहाली लाग्दो घटनाप्रति अखिल नेपाल किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले यस्ता अमानवीय र पासविक हत्या काण्डमा संलग्न दोषीहरूलाई कडा भन्दा कडा सजायको लागि सरकारसँग माग गरेकोछ । केन्द्रीय समितिको तर्फबाट उक्त महासंघका सचिव गंगादेवी राईद्धारा प्रेस बक्तब्य जारी गरिएकोछ, जसको विस्तृत पाठ तल दिइएकोछ ः
प्रेस बक्तब्य
 यही २०७७ साल जेठ १० गते रूकूम जिल्ला भेरी नगरपालिका –४ राना गाउँ जाजरकोट निवासी नवराज बिक र चौरजहारी नगरपालिका –८ सोती गाउ निवासी शुष्मा मल्लबीचको प्रेम सम्वनधलाई केटा र केटी दुवैको सहमतिमा विवाह वन्धनमा जोडिने क्रममा यही जेठ १० गते नवराज बिक, टीकाराम बिक, गणेश बूढा र लोकेन्द्र सुनारको बर्बर हत्या गरिएकोछ । थप २ जना यवाहरु सञ्जु विक र गोविन्द शाहीलाई वेपत्ता पारिएकोछ । अन्य नवराजका साथमा त्यो घटनाका बेला रहेका व्यक्तिहरुको अवस्था चिन्ताजनक रहेकोले उपचार भइरहेकोछ । उक्त अमानवीय विभत्स घटनाप्रति हाम्रो संगठन अखिल नेपाल किराँती राष्टिय मुक्ति मोर्चा केन्द्रीय समिति यसप्रकारको पश्चगामी शामन्ती विचलनको घोर विरोध गर्दछ । र निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछ ।
गंगादेवी राई
सचिव
अखिल नेपाल किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति