– हस्तबहादुर केसी –

हार्दिक शुभकामना !

सन २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ( COVID – 19 ) आजसम्म विश्ववभर एक महामारीका रुपमा फैलिएको छ ।
आज यो आलेख लेख्न बस्ने बेलासम्म विश्वका२१३ देशहरु र २ वटा पानी जहाजमा कोरोना भाइरस ( COVID – 19 ) मा एउटा महामारीको रुपमा फैलिएको छ र विश्वभर २१९ देशहरु मध्ये २१३ देशहरुमा फैलिएको छ र उत्तर कोरिया लगायत जम्मा ६ देशहरूमा मात्र यस विश्व मानवसंहारकारी कोरोना भाइरस ( COVID – 19 ) ले प्रवेश गर्न सकिरहेको छैन र यी ६ वटा देशहरुका सरकारहरुको उचित र वैज्ञानिक सावधानी , जनता प्रतिको उत्तर दायित्व र गहण जिम्मेवारी तथा जनताको उच्च स्तरको चेतना र उच्च सजक्ताका कारण ती देशहरु कोरोना भाइरस जस्तो महामारीलाई देशभित्र फैलिन र प्रवेश गर्न नदिन सफल भएका छन् ।
आज यो आलेख लेख्न शुरु गर्ने बेलासम्म विश्वभर ५४ लाख , १ हजार २२२ जना मानिसहरु मानव प्राणघातक कोरोना भाइरस ( COVID 19 ) बाट संक्रमित भइसकेका छन् भने ३ लाख ४५ हजार ७९९ जना मानिसहरुको ज्यान गइसकेको छ । र , २२ लाख ४७ हजार १०३ जना संक्रमन मुक्त भइसकेका छन् भने २८ लाख १० हजार ३१४ जनाको विश्वभरका विभिन्न मुलुकका अस्पतालहरुमा उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ५३ हजार ५३२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
नेपालमा पनि आज सम्म ५९१ जना संक्रमित भइसकेका छन् भने ३ जनाको ज्यान गइसकेको छ र संक्रमितको संख्या ६ सय नाघी सकेको छ।

यस मानव संहारकारी कोरोना भाइरस ( COVID – 19 ) एउटा महामारीकाा रुपमा मात्र नभएर एक चुनौतीका रुपमा विश्व मानवजातिको सभ्यतामाथि नै एक चुनौतीका रुपमा विश्व मानव समुदायका बिचमा खडा हुन पुगेको छ ।
किनकि आज सम्म कोरोना भाइरस ( COVID-19 ) को रोगथाम र उपचारका लागि आौषधि पत्ता लगाउन वैज्ञानिकहरु सफल भइनसकेका कारण यो ज्यादै भयावह र सन्त्रासका रुपमा मानव समुदायका बिचमा खडा हुन पुगेको छ ।
भाइरस विरुद्धको खोप ( Vancin ) वैज्ञानिकहरुले पत्ता ( आविष्कार गर्न ) लगाउन नसकेका कारण यसले विश्व स्तरमै एउटा भयावहका रुपमा , सन्त्रासको रुपमा र चुनौतीका रुपमा रहेको छ ।
यो भन्दा पहिले पनि विश्वमा एड्स , स्वाइन्फ्लू ,भाइरस इन्फ्लूजा जस्ता मानव संहारकारी रोग नउब्जिएका र नफैलिइएका होइनन् । ती महामारीहरुले पनि विश्व मै हजारौं मानिसहरुको ज्यान नलिएको पनि होइन तर आौषधि पत्ता लागेको हुनाले निश्चित समयावधिमा रोगथाम भइसके थियोे र त्यस पनि विश्व समुदाय त्रसित हुन र आतंकित हुने क्रम कम हुदै आएको मानिन्छ ।
आज आफूलाई अति ठूला , विकसित भएको ठान्ने , साधन श्रोत र प्रविधिले सम्पन्न ठानिएका देशहरू कोरोना भाइरसको महामारीबाट जनतालाई बचाउन र संरक्षण गर्न सबैभन्दा बढी असफल भइरहेका छन् ।
विश्व साम्राज्यवादको हैकम चलाइरहेको , संसारभरका जनता र राष्ट्रहरुमाथि शोषण , दमन , उत्पीडन चलाइरहेको , संसार भरका मुलुकहरुको प्राकृतिक साधन र श्रोतहरुमाथि दोहोन गरिरहेको , आफ्नो पक्षमा खडा हुन तयार हुन नमान्ने देश र ती देशशरुमाथि नाकाबन्दी गर्ने , फौजी हमला गर्ने , ती देशहरका सरकार प्रमुखहरुको हत्या समेत गर्दै आएको र पृथ्वीलाई मात्र होइन , चन्द ग्रह र मंगल ग्रहलाई समेत किन्ने होडबाजीमा दौडिरहेको संयुक्त राज्य अमेरिका आज कोर‍‍ोना भाइरस ( COVID – 29 ) संक्रमन र महामारीबाट अमेरिकी जनतालाई बचाउन , देशलाई जोगाउन सबैभन्दा बढी असफल हुन पुगेको छ ।
यो आलेख लेख्न शुरु गर्ने बेलासम्म संयुक्त राज्य अमेरिकामा ९८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ लाख ६६ हजार ८२८ पुगिसकेको छ र ४ लाख ४६ हजार ९१४ जना मानिसहरु संक्रमन मुक्त भएको अवस्था छ । विभिन्न अस्पतालहरुमाा उपचार गराइरहेका मध्ये १६ हजार भन्दा बढी मानिसहरुको अवस्था गंभीर रहेको जनाइएको छ ।
त्यस्तै पश्चिम युरोपका पुँजीवादी देशहरु बेलायत , इटली , स्पेन, फ्रान्स , जर्मनी , नेदरल्यान्ड , स्वीजरल्याण्ड जस्ता देशहरू पनि कोरोना भाइरस ( COVID – 19 ) को संक्रमन र महामारीबाट जनतालाई बचाउन असफल सिध्द भएका छन् । ती देशहरुमा लाखौं जनताले कोरोना भाइरस (COVID – 19 ) संक्रमनबाट ज्यान गुमाउन बाध्य भएका छन् । रुसमा पनि कोरोना भाइरस ठूलो महामारीका रुपमा फैलिएको छ ।
यसरी आज साम्राज्यवादमा गिर्न पुगेको विश्व पुँजीवाद कोरोना भाइरस ( COVID 19 ) संक्रमन र रोगथाममा गर्न र देश र जनतालाई सुरक्षित राख्न र जोगाउन पूर्णरूपमा असफल भइसकेका छन् ।


यसको ठिक विपरीत समाजवादी देश भनिएका त आज ती देशहरूमा वैज्ञानिक समाजवाद नरहेको भए पनि” हिङ बाधेको टालो” क‍ो रुपमा रहेका चीन , भियतनाम , क्युवा जस्ता देशहरू समयमै कोर‍ना भाइरस( COVID – 19 ) को संक्रमन र महामारीको जोखिम तथा क्षतिबाट बचाउन , जनतालाई सुरक्षित तुल्याउन र देशलाई यस घातक महामारीबाट जोगाउन एक हदसम्म सफल भएका छन् र पुँजीवादी राष्ट्रहरुलाई चुनौती समेत दिइरहेका छन् ।
यस सानै पैमानाको उपलब्धिबाट के निश्कर्ष र संश्लेषणमा पुग्न सकिन्छ भने विश्व मानव जातिलाई सबै खाले प्राकृति प्रकोपहरु र मानवीय संकट ( वर्गीय मुक्ति , वर्गीय समानता ) बाट मुक्त दिलाउन र जनतालाई सुरक्षित तुल्याउन र ढुक्क संग बाँच्न वैज्ञानिक वातावरण निर्माण गर्नका लागि नयाँ जनवादी व्यवस्था , वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक साम्यवाद मात्र एक मात्र वज्ञानि विकल्प हो भन्ने कुराको कोरोना भाइरस ( COVID – 19 ) को महामारीको संक्रमनको रोगथाम र नियन्त्रण गर्ने र जनतालाई बचाउने , राष्ट्रलाई जोगाएर राख्ने विषयले पनि पुष्टि गरिदिएको छ । विश्व मानव समुदायका लागि यो ज्यादै ठूलो शिक्षा हासिल भएको छ ।
नेपालबाट पनि ठूलो शिक्षा हासिल भएको छ । नेपालमा दलाल सरकार , प्रतिक्रियावादी सरकार भएका नेपाली जनताले कति सास्ती पाए भन्ने कुराले प्रमाणिात गरिसकेको छ । जस्तो कि :
(१) प्रतिक्रियावादी सरकारले समयमै कोरोना भाइरसलाई बाहिरबाट देशभित्र भित्रिन नदिन चलाकी गरेन । संसार भर फैलिएको अवस्थालाई समयमै ख्याल नरेर , अन्तर्राष्ट्रिय विमान उडान रोक्न तिर लागेन ।कोरोना भित्री सकेपछि मात्र चलाउन थाल्यो । र अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने र Lockdown गर्ने काम थाल्यो ।
(२) भारतमा कोरोना भाइरल विक्राल बनिसकेको अवस्थालाई सम्म नजरअन्दाज गर्न पुग्यो । भारत सितको खुला सिमाना रहेको देशमा नेपाल र भारत बिचको सिमा बन्द गर्ने कुरा तिर ध्यान दिएनन् । भारततिरबाट संक्रमितहरु ह्वारह्वार्ति आइसके पछि मात्र भारतसितको सिमा बन्द गर्नतिर लाग्यो , जुन बेला नेपालीी समाजमा कोरोना भाइरस ( COVID – 19 ) को संक्रमन भुसभित्र आगो सल्के झै फैलिसकेको थियो र त्यसले नै नेपालमा भयावह स्थित सिर्जना गर्यो ।
(३) कोरोना भाइरस नियन्त्रण सम्बन्धि आौषधिजन्य सामानहरु चीनबाट खरिद गर्ने क्रममा सरकारका मन्त्रीहरु र कर्मचारीहरुले खुलेआम, हाकाहाकी करोडौं को भ्रष्टाचार गरेर गरेर मुलुकलाई कलंकित तुल्याउदासम्म पनि भ्रष्टहरुलाई सरकारले कार्वाही गर्नुको सट्टा उल्टै संरक्षण गर्ने तिर लाग्यो ।
एकातिर नेपाली जनता कोरोना भाइरस ( COVID -19 ) को संक्रमनको जोखिमले त्राही त्राही भएको अवस्था रहयो भने अर्कोतिर सत्ताधारी वर्ग , सरकारमा बसेकाहरु, भ्रष्ट कर्मचारीहरु , स्थानीय तहका भ्रष्ट जनप्रतिनिधिहरुलाई दशै – तिहार आए सरह भयो देश ।
(४) विपन्न वर्ग र श्रम बेचेर जीवन निर्वाह गर्दै आएका मजदुरहरुलाई राहत बाड्ने सवालमा सत्ता पक्षबाट भएको पक्षपात , धाँधली र सडेको , गलेको, कुहिएको दाल चामल वितरणले प्रतिक्रियावादी सरकार कुन हदसम्मको गैर जिम्मेवार र जनविरोधी हुन्छ भन्ने प्रमाणित भएको छ ।

(५) संसारका विभिन्न मुलुकमा काममा गएका मजदुरहरु जुन विजोग बन्न पुगे , विशेषगरी भारतमा अलपत्र परिरहेका र नेपालको सिमानाहरुमन आएकाहरुलाई देशभित्र ल्याएर वैज्ञानिक ढंगले र व्यवस्थित रुपले क्वारेन्टाइनमा राखेर व्यवस्थित गर्नुु पर्ने दायित्वबाट पन्क्षिएर जुन कहालीलाग्दो र दर्दनाक तथा विजोग अवस्थामा पुर्याएर दुनियाँलाई हँसाउने काम गर्य‍ो । यसको पछाडिको कारण सडेगलेको संसदीय व्यवस्था र प्रतिक्रियावादी सत्ताको परिणाम हो ।
(६) क्वारेन्टाइन स्थानहरु भेडी गोठ भन्दा पनि तल्लो दर्जामा भएको स्थानमा राखेर जनतालाई भेडा – बाख्रा , पशुप्राणी सरह व्यवहार गर्न पुग्नुको मूल कारण प्रतिक्रियावादी सरकार हो भन्ने कुरा प्रमाणिात हुन पुगेको छ ।
माथि उल्लेखित सवालहरुले के कुराको प्रमाणिात गरिदिएको छ भने प्रतिक्रियावादी तथा पुँजीपति वर्ग , पुँजीवादी राज् व्यवस्थाले विश्व जनसमुदायलाई प्राकृतिक प्रकोप र सबै खाले अर्थात् वर्गीय , लिंगिए , जातीय , भेगिए, क्षेत्रीय विभेदहरुको अन्त्यका लागि र मुक्तिका लागि पुँजीवादी राज्य व्यवस्थाहरुको एक मात्र विकल्प नयाँ जनवादी राज्य व्यवस्था ( जनताको जनवादी अधिनायकत्व सहितको ) राज्य व्यवस्था , वैज्ञानिक समाजवादी राज्य व्यवस्था ( सर्वहारा वर्गको अधिनायकत्व सहितको) राज्य व्यवस्था र अन्तिममा विश्व मानव जातिले प्रवेश गर्ने वैज्ञानिक साम्यवाद नै एक मात्र वैज्ञानिक विकल्प हो भन्ने कुरा प्रमाणिात भएको छ ।

मिति : १२ जेठ २०७७
बुढानिलकण्ठ नपा- २ ,
काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर