पृष्ठभूमि
पार्र्टी भित्रको कमजोर समीकरण, प्रतिपक्षको आलोचना, अविच्छिन भ्रष्टाचारले उदाङ्गो भएको कुरुप अनुहार र कोभिड–१९को त्रासदीले आक्रान्त श्रमिक, किसान र विपन्न वर्गमाथिको अनुदारवादी व्यवहार सँगै चुलिदो अलोकप्रीयताले शासक वर्गको कुर्र्सीको मुख्य जग भत्कि रहेको थियो । यहि समयमा भारतीय शासक वर्गले भारतको उत्तराखण्ड राज्यको पिथौरागढ हुँदै नेपालको कालापानी– लिपुलेक क्षेत्रको समेत करिब २२ किमि सडक मार्गको प्रयोग गरि मानसरोवर जोड्ने सडक मार्गको उद्घाटन गर्यो । यसले हाम्रो स्वाधिनता र स्वाभिमानलाई एकैपटक चुनौती दियो । लकडाउनको सिमारेखा तोड्दै युवा विद्यार्थीहरु राष्ट्रियताको विषयलाई बोकेर एकाएक सडक संघर्षमा उत्रिए । छोटो अवधिमा नै यो देशव्यापी भयो र शासक वर्गको अपेक्षा विपरीत चौतर्फी विद्रोहको मसाल बल्न थाल्यो । ठिक त्यही समयमा शासक वर्ग ूनक्सा नभएर भूमी पहिलो हो, कालापानी क्षेत्र कहिल्यै हाम्रो नक्सामा छैन, सरकारलाई सडक खनेको जानकारी नै छैन् जस्ता राष्ट्रघाती अभिव्यक्तिहरु दिँदै आन्दोलन दबाउने चौतर्फी प्रयत्न गर्दै थियो । जब उसले आन्दोलन दबाउन असम्भव देख्यो कि यसलाई कूर्र्सी निरन्तरताको नयाँ अवसरको अर्थमा प्रयोग गर्ने चेष्टा गर्यो । नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्न बाध्य भयो । नयाँ राजनीतिक नक्सा जारी हुनु वस्तुगत रुपमा सकारात्मक भए पनि यसको कार्यन्वयन चुनौतीपूर्ण छ र उनीहरु त्यो चुनौती मोल्न तयार छैनन भन्ने कुरा प्रधानमन्त्री जी को ूहामी हाम्रो जमिन लडेर होइन अडेर फिर्ता गर्र्छौं भन्ने स्पष्टोक्तिले पुष्टि गरेको छ । अडेर फिर्ता गर्ने भनेको के हो ? यो एक प्रकारले भारतसँग विन्ती गर्ने भन्न खोजिएको हो । हाम्रो स्पष्ट धारणा छ कि सरकार पक्षले अब कुनै पनि विलम्ब नगरीकन हाम्रा ऐतिहासिक तथ्य र प्रमाणहरुको आधारमा अविलम्ब भारतिय शासक वर्गसँग राजनीतिक वार्ता अगाडि बढाईनु पर्दछ । वार्ता निर्णायक नहुने अवस्थामा यो विषयलाई अविलम्ब अन्तर्राष्ट्रियकरण गरिनु पर्दछ । आवश्यकतामा नेपालको सिमा क्षेत्रमा शैन्य शक्ति परिचालन, खुल्ला सिमानामा तारबार र नेपालका युवाहरूलाई अनिवार्य शैन्य तालिमको व्यवस्था गरिनु पर्दछ ।
राष्ट्रघाती एमसीसी अनुमोदनका लागि बहस
उ एकातिर नेपालको राजनीतिक नक्सा जारी गरेर जनताको ध्यानलाई विकेन्द्रीत गर्न कोसिस गर्दैछ भने अर्र्कोतर्फ अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा नीतिको एक अभिन्न अङ्ग अन्तरगतको मिलिनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)लाई संसदबाट अनुमोदन गराएर लागू गर्ने कु–चेष्टा गर्दैछ । कथित राष्ट्रवादको कोलाहल पैदा गरेर उ मुख्यतः एमसीसी अनुमोदन गर्न चाहन्छ । शासक वर्ग किन यो काम एकैपटक गर्ने चेष्टा गर्दैछ ? हामिले बुझ्नु पर्दछ कि हाम्रो जस्तो तेस्रो विश्व जहाँ जनताले आफ्नो वास्तविक राजनीतिक सत्ता प्राप्त गरेका छैनन र शासकहरु संसदीय राजनीतिको फोहोरी बाटो प्रयोग गरि सरकार निर्माण गर्छन । सत्तामा पुगेपछि उनीहरु निरंकुश हुने मात्रै होईन राज्य शक्तिको व्यापक दुरुपयोग गर्दै निरन्तर सत्तामा रहि रहने प्रयत्न गर्दछन । यसका लागि साम्राज्यवादी विस्तारवादी शक्ति केन्द्रको साथ अनिवार्य हुन्छ । त्यसो हुनाले इतिहासका तथ्यहरु र आजको स्थितिको अध्ययनका आधारमा पनि हामी भन्न सक्छौं कि नेपालको शासक वर्ग इतिहास देखिनै साम्राज्यवाद र विस्तारवादको एक नोकरको रुपमा काम गरिरहेको छ । मुख्यतः जङ्गबहादुर राणाको उदय देखि यताको इतिहासले यो कुरा प्रष्ट गरेको छ । आज पनि नेपालको शासक वर्ग जनतालाई सियो देखाएर हाम्रो फाली उम्काउन चाहन्छ । र अहिले जुन एमसीसीको विषय आएको छ कि नोकरहरु यो काम आफ्नो मालिकको निर्देशन अनुसार नै गर्दैछन । यस्तो अवस्थामा देशभक्त क्रान्तिकारीहरुले खेल्ने भुमिका मुख्य हुन्छ । र अहिले हाम्रो भुमिका हो शासक वर्गलाई खबरदारी गर्नु, चौतर्फी यसको भण्डाफोर गर्नु र जनतालाई यसबारेमा स्पष्ट गरि देशव्यापी आन्दोलनको माहोल तयार गर्नु । संक्षिप्तमा बुझ्नु पर्दा एमसीसी अमेरिकी सुरक्षा र रक्षा नीति अन्तरगतको त्यस भित्रको एक कार्यक्रम हो जुन (१) नेपालको असंलग्न पराराष्ट्र नीतिको विपरीत छ । (२) नेपालमा अमेरिकी शैन्य उपस्थिति, अभ्यास र हस्तक्षेप अनिवार्य गर्ने र नेपाललाई शक्ति राष्ट्रहरुको सामरिक भुमिमा परिणत गर्ने दिशामा अग्रसर छ । (३) नेपालको जल सम्पदा र विद्युतीय आयोजना पुर्ण नियन्त्रण लिई बहुराष्ट्रिय कम्पनी मार्फत यसको कारोबार गर्ने दिशामा केन्द्रित छ । (४) वर्तमान र भविष्यमा पनि नेपालको विद्यमान ऐन कानुनको सर्वोच्चता ग्रहण गर्छ । (५) नेपालका सम्पुर्ण बौद्धिक र सांस्कृतिक सम्पदाको पुर्ण स्वामित्व लिन्छ । (६) एक सार्वभौम राष्ट्रको रुपमा नेपालको अस्तित्व खतरामा पर्छ । हो हामीले जनतालाई बुझाउनु पर्ने कुरा यहीँ नीर छ कि यदि उनीहरु जनतालाई कथित राष्ट्रवादको भ्रम दिएर संसदबाट एमसिसी अनुमोदन गराउन सफल भए भने नेपाल राष्ट्र, हाम्रो स्वाधीनता र स्वाभिमानको विरुद्ध यो भन्दा ठुलो अपराध र राष्ट्रघात अरु हुन सक्छ ? स्पष्ट छ यो बराबरको राष्ट्रघात अरु हुन सक्दैन ।
कथित राष्ट्रवादवारे
यो स्थिति छर्लङ्ग हुँदा हुँदै पनि अहिले भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवादका एकथरी नोकरहरु प्रतिक्रियावादी संसदिय व्यवस्थाको कुर्र्सीमा बसेर जनतालाई निरन्तर भ्रम प्रचार गर्दैछन । साम्राज्यवादी विस्तारवादी दलालहरुको एक कुरुप नोकरलाई देवत्वकरण गरि राष्ट्रवादी भएको जलप लगाउदै छन । कि यो वास्तविक सत्य होईन । शासक वर्गले जनतालाई कहिल्यै सत्य बताएन । उ संधै इतिहासका तथ्यहरुलाई बङ्ग्याएर वा संशोधन गरेर जनतालाई विविध जालझेल र षड्यन्त्रको भ्रम भित्र राख्न चाहन्छ । हरेक संकटको बेला शासक वर्गले जनतामा विभ्रम पैदा गरि संकटलाई अन्यत्र मोड्ने दुस्साहस गर्दै आएको छ । साँचो अर्थमा यो पटक पनि उनीहरु जनतालाई राष्ट्रवादको भ्रम बाँड्न सफल भएका छन । के साँचो अर्थमा यहि हो त राष्ट्रवाद ? के कयौं असमान सन्धी सम्झौता हरुलाई चुपचाप मानि रहनु राष्ट्रवाद हो ? के महाकाली सन्धी गर्नु राष्ट्रवाद हो ?
के सुस्ता र महेशपुर, माथिल्लो कर्णाली र अरुण तेस्रोहरुमा देश नखोज्नु राष्ट्रवाद हो ? के देशको स्वाधीनता र स्वाभिमान साम्राज्यवादलाई सुम्पनु राष्ट्रवाद हो ? हामी गरिब वा कमजोर छौं भन्दैमा हाम्रो राष्ट्र, राष्ट्रियता र स्वाभिमानलाई लिलाम गरेर साम्राज्यवादसँग हात पसार्नु राष्ट्रवाद हो ? हाम्रो भूमिलाई विदेशी सेनाको रणभुमिमा बदल्न खोज्नु राष्ट्रवाद हो ? के हो राष्ट्रवाद भनेको ? साँचो अर्थमा अहिलेको शासक वर्ग न देशभक्त छ न राष्ट्रवादी । माथि उल्लेख गरे झै यो साम्राज्यवाद र विस्तारवादको एक नोकर बाहेक केही होइन । यसर्थमा मुख्य संघर्ष अहिलेको शासक वर्गसँगको हो, विद्यमान व्यवस्थासँगको हो । यो संघर्षमा विजय हासिल गरेर मात्रै हामीले हाम्रो देशलाई साम्राज्यवादी विस्तारवादी हस्तक्षेपको अतिक्रमण बाट पनि मुक्त गर्न सक्छौं । यो वास्तविक सत्य हामीले जनतालाई स्पष्ट गर्नै पर्दछ । हामी जति चाँडो जनतालाई यो सत्य बुझाउन सक्छौं उसको अन्त्य पनि त्यतिकै निकट छ ।
निष्कर्ष
अन्त्यमा, खबरदार ! दुष्ट शासक राजनीतिक नक्साको आवरणमा एमसीसी जस्तो गम्भीर राष्ट्रघाती सम्झौता गर्ने दुस्साहस नगर । हाम्रो लागि यो अस्वीकार्य मात्रै होईन अकल्पनीय पनि छ । हामीलाई हाम्रो स्वाधीनता र स्वाभिमान भन्दा प्रीय चीज दुनियाँमा अरु हुन सक्दैन ।

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर