नेकपा(क्रान्तिकारी माओवादी) दैलेख जिल्ला समितिद्धारा कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

महाविपत्तिको यस घडीमा प्रदेश सरकारको भुमिका निकै खेदजनक रहेको पार्टीको दावी

प्रकाशित मिति : २०७७ जेष्ठ ९

 जेष्ठ ९ विरेन्द्रनगर सूर्खेत
कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमीत व्यक्तिप्रति कर्णाली प्रदेश सरकारले लापर्वाहीपूर्ण तरिकाले व्यवहार गरेका ेपाइएकोछ । उनी भारतबाट केही समय अगाडी आफ्नो घर फर्की क्वारेन्टाईनमै बसीरहेको अवस्थामा उनलाई पि.सि.आर. टेष्ट गर्ने क्रममा कोरोना भाईरस पोजेटिभ प्रमाणित भएका थिए ।
उनलाई उपचार गर्ने क्रममा संघिय सरकार र प्रदेश सरकारको समन्वयमा उपचारका लागि तोकिएका अस्पतालहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल कालागाउँ सुर्खेत, मिसन अस्पताल चौरजहारी पु¥याउनुको विपरित ढिलो गरि दैलेख जिल्ला सदरमुकामको छेउको एकान्त जंगलमा अवस्थीत श्री सरस्वती माद्यामिक विद्यालय झुप्रेसालमा राखेर डव्लुएचओको मापदण्ड समेतको वेवास्ता गरिएको छ । उनीप्रति गरिएको यस्तो लापर्वाहीको लागि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्दै नेकपा(क्रान्तिकारी माओवादी) दैलेख जिल्ला समितिद्धारा एक ध्यानाकर्षण–पत्र जारी गरिएकोछ, जसलाई तल दिइएकोछ ः

ध्यानाकर्षण–पत्र
विश्व कोरोना भाईरसको कहरमा रहेको अवस्थामा नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाको आठविस नगरपालिका वडा नं १ सातलामा पहिलो पटक कोरोना संक्रमित भेटीएका छन् । उनी ३५ वर्षको युवक रेहेका छन् । यो कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमण हो । उनी भारतबाट केही समय अगाडी आफ्नो घर फर्की क्वारेन्टाईनमै बसीरहेको अवस्थामा उनलाई पि.सि.आर. टेष्ट गर्ने क्रममा कोरोना भाईरस पोजेटिभ प्रमाणित भएको हो ।
उक्त व्यक्तिलाई उपचार गर्ने क्रममा संघिय सरकार र प्रदेश सरकारको समन्वयमा उपचारका लागि तोकिएका अस्पतालहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल कालागाउँ सुर्खेत, मिसन अस्पताल चौरजहारी पु¥याउनुको विपरित ढिलो गरि दैलेख जिल्ला सदरमुकामको छेउको एकान्त जंगलमा अवस्थीत श्री सरस्वती माद्यामिक विद्यालय झुप्रेसालमा राखेर डव्लुएचओको मापदण्ड समेतको वेवास्ता गरिएको छ । महाविपत्तिको यस घडीमा प्रदेश सरकारको भुमिका निकै खेदजनक रहेको छ । एकातिर कोरोना भाईरसका विरुद्ध लड्नु पर्नेछ भने अर्कोतिर सरकारले अभिभावकत्वको प्रत्याभुति गराउनुपर्ने दायित्व रहेको छ । दुईवटै भुमिकामा कर्णाली प्रदेश सरकार चुकेको अवस्था छ । कोरोनाको कारण अलपत्र परेका नागरिकहरुको उद्दार र राहत वितरण गर्ने कार्यमा आफ्ना दल विशेषको मात्र उद्दार तथा राहत वितरण समिति निर्माणमा सिण्डीकेट प्रणाली लागु गरेर आफुलाई कम्युनिष्ट समाजवादी भन्न रुचाउने सरकारले अलोकतान्त्रीक चरित्र प्रदर्शन गरेको छ । उद्दार तथा राहत वितरणका क्रममा भेदभाव गर्दै आफ्ना आफन्त, कार्यकर्ता र निर्वाचन क्षेत्रका आफ्ना सदस्यह?लाई मात्र गाडी र हेलिकप्टर समेत बुकिङ्ग गरि लकडाउनको उलङ्घन गर्दै पठाउने विभेदकारी अन्यायपूर्ण र गैरजिम्मेवार कार्यको घोर भत्सर्ना गर्दछौं ।
उक्त संक्रमित युवकलाई कोरोना पोजेटीभ प्रमाणित भई सक्दा पनि समयमा तोकिएको स्थानमा नपु¥याएको जोखिमपूर्ण र गैर जिम्मेवार कार्य प्रति गंभिर आपत्ती जाहेर गर्दछौं । कर्णाली प्रदेशकै पहिलो केश उक्त ब्यक्तिको उपचारमा भेदभाव र लापरवाही नगरियोस । संक्रमित ब्यक्तिलाई यथासिघ्र तोकिएको अस्पतालमा पु¥याई आवश्यक उपचारको थालनी गर्न विलम्ब नगरियोस भनी सम्पूर्ण जिम्मेवार निकायहरुको ध्यानाकर्षण गराउन चहान्छौं ।
मिति ः२०७७ जेष्ठ ९
सचिव
विरेन्द्र सिंह‘अशोक’