गाईघाट, उदयपुर । कोरोना भाइरस ९कोभिड–१९०बाट १३ जना संक्रमित फेला परेको उदयपुरमा थप आठ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के स्थित एक मस्जिदमा रहेका १३ जना कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको बताइएको छ । पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

हार्दिक शुभकामना !

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो । तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो । यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन् ।

नेपालमा एकै ठाउँमा यति ठूलो संख्यामा संक्रमण देखिएको यो नै पहिलो घटना हो । संक्रमितहरुको ट्राभल हिस्ट्री अनुसार चिकित्सकहरुले उनीहरु नेपालमै संक्रमित भएको हुन सक्ने अनुमान गरेको छ । संक्रमित १३ र पुष्टी हुन बाँकी थप ८ जनाबाट अरु कतिमा संक्रमण फैलिएको छ, उनीहरुको सम्पर्कमा आएका अन्यको थप परीक्षणबाट मात्र पत्ता लाग्ने देखिन्छ । दैनिक रुपमा नमाज पढ्ने, स्थानीय मुस्लिम समुदायको बाक्लो आउजाउ हुने स्थल भएका कारण पनि संक्रमितको संख्या थप अरु बढ्न सक्ने स्थानीयहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

भुल्के क्षेत्र सिल गरिएको भए पनि स्थानीय नागरिकको स्वास्थ्य परीक्षणलाई थप तीव्र पारिनु पर्ने र संक्रमितको सम्पर्कमा रहेका सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर