सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि


वैशाख २ काठमान्डौ,
काठमान्डौको कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ३ जना रिपोर्ट पोजिटिभ आएको हो । सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन्। ।
चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको थियो । पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकै परिवारका तीनजना मध्ये दुई जना (५८ वर्षीय र ८१ वर्षीया आमा) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । एक जना(५२ वर्षीया बुहारीको रिपोर्ट भने पोजिटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुकमार्फत जनाएको छ ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए । र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । र पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको आजबाट स्वास्थ्य परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।