नवउदारवादी पुँजीवादीको अन्त्य र वैज्ञानिक समाजवादको विकास किन आवश्यक छ

नवउदारवादी पुँजीवादीको अन्त्य र वैज्ञानिक समाजवादको विकास किन आवश्यक छ


भूमिका
मार्च २६, २०२० मा विश्व स्वास्थ्य संगठनलाई बुझाएको प्रतिवेदनमा इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्— “यदि बेलैमा नियन्त्रण नभए कोरोनाको महामारीले विश्वका ७ अर्ब मानिसलाई संक्रमण गर्नेछ ।”
यदि यसो भएमा अहिलेको मृत्यदरले पनि कोरोना महामारीबाट करीब ४ करोड मान्छेको ज्यान जान सक्छ । उक्त रिपोर्टमा प्रष्टै भनेको छ–यदि हस्तक्षेप भइहाल्दा पनि ३० लाख मान्छेको ज्यान जोखिममै रहिरहन्छ । यस्तो महामारीमा नेपालजस्ता आम्दानी कम भएका तेस्रो मुलुकमा बसोबास गर्ने गरीब जनता नै यसबाट बढता शिकार बन्ने स्पष्ट छ । किनभने गरिब देश जहाँ सहज, पर्याप्त र गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवा छैन्, ती देशहरुले कोरोनाको सामना गर्न सक्ने अवस्था नै हुँदैन । यसको अन्तिम परिणाम गरिब देशमा वस्ने विपन्न वर्गको आर्थिक जीवन तहसनहस हुने स्पष्ट छ ।
किनभने विश्व मानव विकासको इतिहास हेरियो भने के स्पष्ट हुन्छ कि विश्वमा जे जस्ता महामारी आएका छन् ती सबै मान्छेकै गल्तीबाट उत्पन्न गरिएका हुन् । तर ती सबैको नकारात्मक असर आखिरमा गरिब मान्छे र गरिब देशलाई नै बढी डसेको छ । नेपालजस्तो देश जहाँका जनता जीवन नीर्वाहामूखी कृषि, दैनिक ज्यालादारी र खुद्र व्यापारले मात्र धानिएका छन्, तिनीहरुको हालत कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
यो लेखको उद्येश्य यहाँ कोरोनाको महामारीका कारण यसले गर्ने क्षति कति होला, त्यो आउने दिनले नै बताउनेछ तर यस्तो महामारी किन बढ्दै छ ? विश्वमा बसोवास गर्ने समग्र मानव समुदायमाथि भइरहेको यो आक्रमणका पछाडिको मूल कारण के हुन सक्छ ? भन्नेबारे चाहिँ मानव समुदायले साच्चै नै सोच्नै पर्ने आवश्यकता भएको छ र यसका लागि कदापी ढिलाइ नगरी सोंच्नु आवश्यक भएको छ ।
यस्ता माहामारीको जिम्मेवार को हुन त ?
इतिहासको संक्षिप्त समिक्षाबाट पनि एउटा तत्थ्य के पत्ता लाग्छ भने सन् १९८० पछि विश्वमा मौलाउँदै गएको नवउदारवादी पुँजीवादी, जसले एकाधिकार पुँजीवादको आडमा विश्वव्यापीकरण, नवउदारीकरण र नीजीकरणका कारण लाखौं विपन्न परिवारको जीवन लथालिंग बन्दै गएको छ । बसाइसराई, तीव्र सहरीकरण र उच्च बेरोजगारीआदि विश्व एकाधिकार पुँजीवादी (वर्तमानको साम्राज्यवाद) रहेसम्म कहिल्यै नसल्टिने समस्या बनेका छन् । सन् १९८० पछि विश्वमा फैलिएको एडसको माहमारी(जो धनाडय व्यक्तिहरुको ऐयाशीका कारण उत्पन्न भएको थियो )ले पनि त ९० प्रतिशत एड्सको मार अफ्रिका तथा एशीयाका गरीब तथा विकासोन्मुख देशमा परेको इतिहास ताजै छ ।
यसरी सन् १९८०देखि खलबलिएको विश्व अर्थतन्त्र र समाज अहिलेसम्म नतंग्रिएको निष्कर्ष म्यासाचुसेटस इन्स्टिच्युट अफ टेक्निोलोजी (एमआएटी)का इमेरिटस प्रोफेसर एवम अरिजोना विश्वविद्यालयका लरिएट प्रोफेसर चोमस्कीजस्ता समाजवादी अर्थविद्हरुले निकालेका छन् । अब सोचौं, कोरोनाको मार कस्तो होला त ? नवउदारवादी पुँजीवादकै खरावीको परिणाम अहिले विश्वमा सामाजिक असमानता अझै बढदै गएको छ र गरीव र धनबीचको असमानताको खाडल झन झन चौडा बन्दै गएको छ र मानिसह? रोजगारीका अवसरह? खोज्दै गाउँ छाडेर देश विदेशका सहरहरुमा खाँदिन पुँगेका छन् । यी सब कारणले पनि कोरोनाजस्तो महामारीले विश्वका सहरह?मा रहेका जनतामाथि बलियो आक्रमण गर्दैछन् । चीनको बुहान, अमेरिकाको न्युयोर्क, बेलायत, फ्रान्स, इटली, आदि विश्वका प्रमुख शहरह?का मानव समुदाय सबैभन्दा बढी यसबाट प्रताडित देखीएका छन् ।
कोरोनाजस्ता महामारीबाट बच्नका लागि आखिरमा एउटा महत्पूर्ण भूमिका स्वास्थ्य केन्द्रहरु नै हुन्छन्् । तर नवउदारवादी पुँजीवादको आडमा ल्याइएको विश्वव्यापीकरण, नवउदारीकरण र नीजीकरणका कारण नेपालजस्ता विश्वका देशह?मा सार्वजनिक अस्पत्तालको अवस्था अप्ठ्यारोमा पर्दै जानु र सार्वजनिक स्वास्थ्यसेवा निजी अस्पतालतिर उर्लिर्दै जानु सार्वजनिक अस्पत्तालहरुको भूमिका त्यति सशक्त देखिएको छैन् । अहिले नेपालमा रुपमा कम्युनिस्ट सरकार छ र समाजवादी अर्थव्यवस्थाको नारा दिएको छ तर सारमा समग्र राज्य सत्ता निजी अस्पताल पोस्न हतारिएको देखिन्छ । जव कोरोना सु?मात्रै के भएको थियो(यसको माहामारी रुप त अझै पछि को कुरा ) नेपालका निजी अस्पतालहरुले सार्वजनिक स्वास्थ्यसेवा दिन आनाकानी गरेका कुरा बाहिर आएका छन् । सामान्य रुघाखोकीका विरामीलाई अस्पत्तालको गेटबाटै फर्काइदिएका कुराहरु बाहिर आएका छन् । समाजवादको नारा दिने कम्युनिस्ट सरकार र समग्र राज्य सत्ता जसले निजी अस्पताल पोस्ने काम गरिरहेका छन्, सार्वजनिक अस्पताल र नीजी अस्पतालबीचमा समन्वय एवं सहकार्य गर्न स्मेत नेपाल सरकारले सकिरहेको छैन् । यस्ता माहमारी रोकथामका लागि कस्तो स्वास्थ्य सेवा चाहिन्छ भन्ने त भरखरै चीनजस्तो स्वास्थ्य सेवा भएको देशले मात्रै सजिलै कोरोनाजस्ता महामारीको सामना र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य सार्वजनिक भएको छ । र यसले पनि समाजवाद र समाजवाद मात्तै यस्तो व्यवस्था हो जसले सही मानेमा कोरोनाजस्ता माहमारीको बेलैमा मुकाविला गर्न सक्छ भन्ने नै हो । चीनमा वैज्ञानिक समाजवाद त छैन तै पनि चीनको विशेषतामा अधारित समाजवादले देश र जनताको पक्षमा निकै राम्रा काम गरेको छ भनेर विश्व समुदायले पनि भनिरहेका छन् । यद्धपि भविश्यको चीन अहिलेको अमेरिका हुनेछ किनभने चीनले अहिले विश्वव्यापार संगठन, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, विश्वव्यापीकरण, उदारीकरण र नीजिकरणआदि जे जतिको घोडामा अमेरिका तथा युरोप र जापानका सरकारहरु सवार छन्, तिनै घोडामा चीन सवार हुन तयार देखिएको छ ।
इतिहासमा भएका माहामारीहरु
कोरोना भइरसलाई संयुक्त राष्ट्र संघले दोस्रो विश्व युद्धपछिको महामारी भनिरहेको छ । किनभने त्यो भन्दा अगाडि यस्ता अनगिन्ति महामारी भएका छन् । पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८मा सुरु भएको थियो । यसका पछाडिको एउटा प्रमुख कारण दुनियाँभर फैलिरहेकै युरोपेली बजारका बीचको होडबाजी थियो । चार वर्षसम्म लम्बिएको त्यो युद्धमा २१ लाख मान्छेको ज्यान जाँदा पनि हारजित भइरहेको थिएन । आखिरमा सबै खाले युद्ध र नरसंहारको मार त पृथ्वी र पृथ्वीमा वस्दै आएका गरीबले नै झेल्नु पर्छ भन्ने त्यसवेला नै देखिएको थियो । यद्धपि विश्वका गरीव जनताका लागि त्यो युद्धको एउटा राम्रो परिणाम आशाको किरण लिएर पहिलो समाजवादी देश सोभियत संघको उदय भयो । त्यो युद्धको एउटा नराम्रो परिणाम युद्धको डढेलो झेलिरहेको पृथ्वीले विश्वयुद्धको चौथो वर्षको सु?आत, सन् १९१८ मार्चमा नै इन्फ्लुएन्जाको संक्रमणको सामना गर्नु पर्र्यो । करिब ५ करोड मान्छेको ज्यान लिने उक्त महामारीको उग्र?प विश्व त्यतिबेला देख्यो, जतिबेला स्पेनका राजा अल्फाँसो तेह्रौं इन्फ्लुएन्जाबाट संक्रमित भए । मे २२, १९१८ मा स्पेनको ‘एबीसी न्युजपेपर’ मा प्रमुख समाचार बनेको यस महामारीलाई ‘स्पेनिस इन्फ्लुयन्जा’ को नाम दिंदै स्पेनले महामारीको दोष फ्रान्समाथि लगायो । यसको करिब ५ महिनापछि नोभेम्वर ११, १९१८ मा अमेरिकी नेतृत्वमा चार वर्ष लामो विश्वयुद्ध बिसाइयो । त्यतिबेलासम्म स्पेनिस फ्लुकै कारण काम गर्ने २० देखि ४० वर्षका झन्डै ३ करोड ४० लाख नौजवानको ज्यान गइसकेको थियो (जैके तबनबर्गर र डीएम मरन्स, २००६; १९१८ इफ्लुयन्जा ः द मदर अफ अल प्यान्डेमिक) ।
अहिले विश्वका सबै देशहरु घनाजंगल मासेर सहर वसाइएका देशहरु हुन् । जव जंगल मासिन्छ अनि जंगल मासिएपछि जगली पशुपक्षीह? पनि सहरको वोरीपरी खानका लागि झुम्मिन्छन् । अहिले स्पेनिस इन्फ्लुयन्जाजस्तो महामारीको ठ्याक्कै एक सय वर्षपछि चीनको वुहान राज्यबाटै कोरोना भाइरसको संक्रमण जागेको छ । यसको दोष जंगली जनावर–चमेरोलाई दिइए पनि मान्छेले प्रकृति र जंगली जीवजन्तुमाथि गरिरहेको रजाइँको चर्चा कही कतै गरिरहेको पाइएको छैन् । पृथ्वीसँग बिग्रँदो सम्बन्धको मार फेरि पनि विपन्न र कम आय भएका सामाजिक समूहमा बढी परेको राहतका नाममा ५ किलो चामलका लागि दिनभरका दिनभर लाइनमा बसिरहेको देखिन्छ । जवकि पृथ्वीसँग बिग्रँदो सम्बन्धका लागि विश्वका अति धनी र सम्पन्न देशह? अमेरिका, चीन, फ्रान्स जापान, जर्मन, बेलायतआदि नै जिम्मेवार छन् ।
प्रकृतिसँग मानिसका बिग्रँदो सम्वन्धलाई कसरी सुधार्ने ?
समाज विकासको साथै भौतिक विकासको ट्रेन्ड हेर्दा दुनियाँमा जहाँ सहर, उद्योग र व्यापारको विकास भएको छ, त्यहाँका अधिकांश रैथानेहरु(इन्डीजेनियस हेवीटयाट्स) कित विस्थापित गरिएका छन् कित ज्यालादारी कामदार बनेका देखिन्छ । जब यीनीहरु बाहिर पारिन्छन् उनीहरूका रैथाने खानेकुरामाथि आगन्तुक(वाहीरबाट बसाइसरी आएका)हरुको बर्चश्व कायम बन्दै जान्छ र ती चीजहरुको व्यापार(बेचविखन) उनीहरुले गर्न थाल्दछन् । ती आगन्तुकहरु, जो वाहीरबाट बसाइसरी आएका हुन, जसले कतिपय खानाको पर्यावरणीय, सामाजिक तथा सांस्कृतिकजस्ता मर्मबारे बुझेका हुँदैन र बुझन पनि चाहादैनन् । ती खानेकुरा जंगली पशुपक्षीबाट कसरी खान योग्य बनाइएका थिए, त्यसको खोजीनीति उनीहरबाट हुँदैन । यहीँनेरबाट प्रकृति, जीवजन्तु र मानिसको सम्बन्धमा खटपट सुरु भएको इतिहास पाइन्छ । र, परिणाम प्रकृतिलाई आफ्ना नंग्राहरु–बहुराष्ट्रिय कम्पनीहरुमार्फत अनाधिकृत रुपले एक आपसमा खरीद बिक्रि गरेर त्यसबाट आफ्नो समृद्धि र सन्तुष्टिको स्वाद लिंन खोज्ने नवउदारवादी पुँजीवादका गलत कार्यहरुको कारण कोरोनाजस्तो महामारी बनेर समग्र मानव समुदायमाथि प्रकृतिले बज्र प्रहार गर्दछ र समाजमा माहामारीको ?पमा देखापर्छ । जसको सामाजिक एवं सांस्कृतिक क्षतिपूर्ति नै छैन ।
बहुराष्ट्रिय कम्पनीहरु कसरी प्रकृतिमाथि अत्यधिक शोषण गरेर अत्यधिक फाइदा लिन खोज्छन भन्ने यो उदाहरणले स्पष्ट पार्न मद्त गर्दछ । यसवारे ‘जर्नल अफ अवेसिटी प्रिभेन्सन’ लेख्छ– अहिले विश्वमा गहुँबाट मात्रै दैनिक १ सय २२ भन्दा बढी खानेकुराका परिकार बन्छन् । जति परिकारको संख्या बढेको छ, उति धेरै प्रविधि र मेसिनको प्रयोग बढेको छ । खानेकुराका प्रकार थपिँदै जाँदा, व्यावसायिक खेती गर्ने घनाजंगल तीव्र गतिमा मासिएको छ । रेनफरेस्ट एक्सन नेटवर्क–२०१७ का अनुसार विश्वमा बहुराष्ट्रिय कम्पनीहरुले चलाएका ठूला खाद्य उत्पादक कम्पनीका कारण बर्सेनि २० हजार हेक्टर जंगल सखाप भइरहेको छ । फर्निचर बनाउँदा होस या खानी उत्खनन गर्दा वन नै मासिएको छ । यसरी मान्छेका सबै प्रगति र उन्नति पृथ्वी(प्रकृति)को बेचबिखनमा उभिएका छन् र यी सबैका पछाडि अति विकसितदेशका बहुराष्ट्रिय कम्पनीहरु जिम्मेवार छन् ।
जर्नलले अझ स्पष्ट पार्दै लेख्दछ, अहिलेसम्म करिब १३ लाख १९ हजार हेक्टर जंगल मासेर उद्योग, खानी तथा सहरी विकास भएका छन् । यसको क्षेत्रफल दक्षिण अमेरिकी देश कोस्टारिकाको डेढ गुणा जति हुन आउँछ । एक वर्ग किमिमा करिब ७५ हजार रूख हुर्कन्छन् । यो हिसाबमा त अहिलेसम्म समृद्धिको नाममा करिब ६९ अर्ब रूख काटिइसकेका छन् । यसले कति पशुपक्षीको बसोबास नष्ट भयो होला । सयौं पशुपक्षी त गाँसबास नपाएरै पृथ्वीबाट अस्ताइसकेका छन् । कति मान्छेको वरपर आइपुगेका पशुपक्षीको कारण मान्छे र प्रकृतिको सम्बन्ध लथालिंग भएको छ । जर्नलले जोड दिएर भनेको छ । यी सबैका कारण पृथ्वीमा बढदै गएको तातो पनाले एक दिन विश्वको समग्र सृष्टि इतिहासको गर्भमा जाने सबैलाई थाहा नभएको कहाा होर ?
म्यासाचुसेटस इन्स्टिच्युट अफ टेक्निोलोजी (एमआएटी)का इमेरिटस प्रोफेसर एवम अरिजोना विश्वविद्यालयका लरिएट प्रोफेसर नोम चोम्स्कीको शब्दमा –“कोभिड–१९ को आँधीबेहरीले पुँजीवादी अर्थतन्त्र त ठप्पै भएको छ । विश्व–मन्दी अब रोकेर रोकिन सक्ने अवस्थामा छैन ।”
यस्तो महामारी कुनै महाविपत्तिको ?पमा विश्वमा आउँछ भन्ने अनेकौ पूर्वानुमान नगरिएका पनि होइनन । यसवारे विभिन्न फिल्मह? बनाएका थिए, पुस्तकहरु लेखिएका थिए तर किन विश्वले र विश्वका वैज्ञानिकहरुले यसवारे गम्भीर भएर किन यसका विरुद्ध विश्व मानव समुदायलाई बचाउनका लागि कुनै तैयारी गरेनन त ? यसवारे नोम चोम्स्कीको भन्दछन्–‘भविष्यमा आउन सक्ने महाविपत्तिको पूर्वसावधानी अपनाउने काममा कुनै नाफा नदेख्ने’ आर्थिक प्रणालीको सोच्ने नवउदार पुँजीवादको क्रुर तरिकाले त्यस्तो संकटको पूर्वतयारी गरेन ।
जव विश्वमा कोरोना भाइसर एउटा महामारीका रुपमा फैलिंदै गयो, विश्वले देख्दै छ, देखिरहेको छ–यो महामारीको सामनामा गर्न संयुक्त राज्य अमेरिकाको पुरै असफल देखिएको छ । अहिलेसम्ममा संरा अमेरिका संसारकै सबभन्दा बढी प्रभावित देश बनेको छ । भाइरसको महाव्याधि सुरु भएको चीनलाई पनि संरा अमेरिकाले उछिनेको छ । संरा अमेरिका नवउदारवादी पुँजीवादको जन्मथलो हो ।
नवउदारवादी पुँजीवाद जसले ‘सरकार नै समस्याको मूल जरो हो ।’ भन्दछ र निर्णय प्रक्रिया धेरैभन्दा धेरै ब्यापारीको हातमा हुनुपर्छ भन्छ । निजी नाफाको लागि काम गर्नेहरूलाई सबै कुराको निर्र्णय गर्ने अधिकार सुम्पिनुपर्छ भन्ने मान्यता राख्छ र सार्वजनिक हितमा चासो राख्नेहरूको प्रभावबाट निर्णय प्रक्रिया मुक्त गरेर व्यापारिका हातमा राखिनुपर्छ भन्ने सिद्धान्तको पक्षपोषण गर्दछ । अमेरिकी पूर्व राष्ट्रपती रोलाल्ड रेगनले त्यस्तो घोषणा गरेपछिका यताका वर्षह?मा अनियन्त्रित पुँजीवादी व्यवस्थाले मौलाउने अवसर पायो, परिणाम नवउदारवादी निर्ममताको मात्रा थपिदै गयो । फलतः आजको टेढो मेढो बजारको रचना भयो ।
अमेरिकामा रोनाल्ड रेगन र बेलायतमा मार्गरेट थ्याचरको पालादेखि नै पुँजीवादको नवउदारवादी संस्करण शक्तिशाली बन्दै आएको हो । यद्धपि उनीहरूभन्दा केही अघिबाटै नवउदारवादको सुरुवात भएको थियो । नेपालमा नवउदारवादको नकारात्मक असर डा. रामशरण महत (जसलाई स्वयम नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले देश र नेकाँ पार्टीभित्रको विदेशी दलाल भनेर केही दिन अगाडि बोलेकी थिइन्)जव सरकारका अर्थमन्त्री बने उनले अमेरिकामा रोनाल्ड रेगन र बेलायतमा मार्गरेट थ्याचरको पालादेखि नै पुँजीवादको नवउदारवादी संस्करणलाई नेपालको अर्थतन्त्रमा भद्धा नक्कल गरे । समाजवादी देशह?–?स र चीनले नेपाली जनतालाई उपहारस्व?प बनाइदिएका कैयौ कलकारखाना तथा उद्योगधन्दाह?लाई ती बेचेवापलत प्राप्त हुने कमिसनको लागि कौडीको मूल्यमा भारतीय व्यापारीहरु लाई बेचे । परिणाम हजारौ नेपाली युवाहरु बेरोजगार बने र कामको खोजमा विदेशतीर भौतारिन बाध्य बनाइए । यसो गरेवापत उनी अमेरिकी नवउदारवादी खेमाबाट पुरस्कृत पनि गरिए ।
रेगनले पनि त धनी मानिसबाट करको भार हटाएर सर्वसाधारणको काँधमा करको भारी थोपरिदिएका थिए । शेयरको मूल्य बढाउन शेयर किनबेचलाई आधिकारिकता दिए, ब्यापारी र शेयर मालिकहरूलाई धनी बनाए । तर, उद्योगको उत्पादनशीलतालाई भने बेवास्ता गरेका थिए । त्यसवेला असाध्यै धनी मानिसप्रति रेगनको सद्भाव आजसम्म आइपुग्दा प्रगतिको अर्कै उचाइमा पुगेको छ ।
नवउदारवादी पुँजीवाद विश्वमा अनगिन्ति महामारीका लागि कसरी जिम्मेवार छ भन्ने विषयमा छलफल आवश्यक छ । अहिलेको यो गञ्जागोलको अवस्था आउनुका पछाडि नवउदारवादी पुँजीवाद किन जिम्मेवार छ त ? यसवारे नोम चोम्स्कीको भनाई यस्तो छ– ‘जब नवउदारवाद हावी हुन्छ तब सरकारले समग्र बजारका असफलतामा केही गर्न सक्दैन, हरेक चीजको निर्णायक बजार बन्न जान्छ । बजारको कुरा प्रस्ट छ–‘भविष्यको लागि लगानी गर्नु घाटाको ब्यापार गर्नु हो ।’ यस्तो अवस्थामा सरकारले पहलकदमी लिनुपथ्र्यो । तर, अहिले शासन गरिरहेको ‘सरकार नै समस्याको जड हो’ भन्ने नवउदारवादी सिद्धान्तले सरकारलाई त्यस्तो पहल लिन रोक लगाएको छ । नेपालमा पनि वर्तमान ओली सरकारलाई यही सिद्धान्छका कारण पहल लिन रोक लगाएको छ कि भन्ने देखिएको छ, तयो भनेको–‘भविष्यको लागि लगानी गर्नु घाटाको ब्यापार गर्नु हो ।’ त्यसैले त ल्पेन चार्टर गरेर विेदेशबाट मानिस ल्याउन हतारिन्छ, तर नेपाली मजदुरहरलाई दुईचार गाडि खोजेर उनीहरुका घरसम्म पु¥याउन आनाकानी गर्दछ । यहानेर नोम चोम्स्कीको माथिका भनाईहरु कति सानदर्भिक छन् ? स्पष्ट पार्दछ ।
यो सन्देहरहित सत्य हो । जब नवउदारवाद हावी हुन्छ तब सरकारले समग्र बजारका असफलतामा केही गर्न सक्दैन । त्यही कारण आज गञ्जागोलको अवस्था निम्तिएको छ । नवउदारवादी दर्शनअनुसार हुने त्यस्तै हो । मिल्टन फ्रीडम्यान र नवउदारवादका अ? हिमायतीले हामीलाई सिकाएका छन् व्यापार प्रबन्धकको मूल जिम्मेवारी भनेको नाफा अधिकतम बनाउनु हो । यो नैतिक जिम्मेवारीबाट थोरै पनि यताउता भए ‘सभ्य जीवन’ को जग हल्लिन्छ ।
कोरोना माहामारीबाट अबको विश्वले केही सिक्ने कि ?
कोरोना विश्वका मानव जातिकै लागि एउटा माहामारी शत्रु हो । तर पृथ्वी र मानवबीचको सम्वन्धलाई सन्तुलित राख्ने दवाव यसले दिएको छ । त्यसैले यसका केही सकारात्मक पक्षहरु पनि बाहिर आउन थालेका छन् । भरखरै फरवरी २४, २०२० देखि चीनले ५४ थरीबाहेक अन्य जिउँदो जंगली पशुपक्षी बेच्न र उपभोग गर्न स्थायी प्रतिबन्ध लगाएको छ । त्यसअघि चीनमा मात्रै करिब ९७ प्रजातिका विभिन्न जिउँदो जंगली जनावरको बेचबिखन हुने गरेको अनुमान नेसनल जियोग्राफी २०१६ ले गरेको छ । दक्षिणपूर्वी एसियामा मात्रै ४० प्रजातिका चराचुरुगी, स्तनधारी तथा घस्रने जीवजन्तुको बेचबिखन र उपभोग हुन्छ । नेसनल जियोग्राफीको सर्वेक्षणअनुसार अहिले पनि ८३ प्रतिशत चिनियाँ आफ्नो खानाको रूपमा जंगली पशुपक्षीको मासु खान ?चाउँछन् । यद्यपि विश्वभर र चीनमा समेत ‘मास–डिफरेस्टेसन’ भइरहेकाले यिनको आपूर्ति भने सहज देखिन्न । केही वर्षयता नेपालमा समेत जंगली पशुपक्षीको उपभोग बढेको छ । बट्टाई, कालिज, खरायो र बंदेलजस्ता जिउँदो जंगली पशुपक्षीको व्यावसायिक पालन बढेको छ । यसले के देखाउँछ भने विश्वभर जति सहर बढेका छन् त्यति नै वन विनाश र जंगली पशुपक्षीको उपभोग बढेको छ । बहुराष्ट्रिय कम्पनीहरुले पैसाको बलमा विश्व पर्यावरणलाई तहसनहस पारिरहेका छन् । परिणाम कोरोना जस्ता माहामारीको जन्म हुन जान्छ ।
प्रकृति र मानव सम्वन्धबारे मानवशास्त्रीको विश्लेषण
मानवशास्त्री फेडरिक कुक (२०२०) ले भनेका छन्–“कोरोनाजस्तो महामारीका मुख्य कारणमध्ये मान्छे र जनावरबीच बिग्रँदो सम्बन्ध पनि एक हो । तथापि यो नयाँ भने होइन । यसलाई राज्यले व्यवस्थापन गर्न सक्छ । तर पनि राज्यको ध्यान अर्थतन्त्रबाहिर गएको देखिन्न । प्रकृति र मान्छेको बीचमा सम्बन्ध कसरी बिग्रन नदिने भन्नेबारे सोचिएकै छैन । मान्छेको खाद्य तथा सामाजिक सम्बन्धलाई जोखिमयुक्त बन्न नदिनेबारे मनन गरिएको छैन ।”
यसमा जोड दिंदै फेडरिक कुकले लेख्छन्–“सुरक्षित र अनुशासित खाद्यउपभोग नै महामारीका प्रतिरोधक हुन् । तर नयाँ खानेकुराको बढ्दो आविष्कार र प्रयोगले मान्छे र प्रकृतिको सम्बन्ध नै खलबलिएका छन् । जुन स्वस्थ मान्छेको चुनौती हो । यसलाई कम गर्न, मान्छेको समृद्धि र प्रगतिको भोक अनुशासित बनाउनुको अर्को विकल्प छैन । यो नै भोलिको महामारी नियन्त्रणको भरपर्दो बाटो हो । अब प्रकृति बेचबिखनको वस्तु मात्र होइन । यो त मान्छेको जीवन र अस्तित्व हो भन्ने अहिले ती नवउदारवादी पुँजीवादी विद्यानह?ले बुझ्नुपर्छ । वन्यजन्तु मान्छेका लागि किन यति डरलाग्दो भयो । यसको सामाजिक र सांस्कृतिक पक्षबाट खोजी र चर्चा हुनुपर्छ ।”
नवउदारवादी पुँजीवादीको अन्त्य र वैज्ञानिक समाजवादको विकास किन आवश्यक छ ?
तर जसरी पुँजीवादी विकासले गर्दा गाउँहरू सहरका कारण रित्तिएका छन्, सहर मान्छेको हूलले भरिएको छ, यही रूपमा अघि बढ्दै गएमा आउँदा दिनमा कोरोनाभन्दा पनि अझै भयानक महामारी आउने पक्का छ । यो फेरि पनि सहरमै दोहोरिनेछ । राष्ट्र संघको ‘रिभिजन अफ वल्र्ड अर्वानाइजेसन प्रस्पेक्ट, २०१८’ ले सन् २०५० सम्ममा विश्वका ६८ प्रतिशत मानिस सहरमा बस्ने अनुमान गरिसकेको छ । अहिले नै विश्वमा ४ अर्ब २३ करोड मान्छे सहरमा बस्छन्, जसले खेतीपाती गर्दैनन्, उद्योग, व्यापार र नोकरी गर्छन् । यो संख्या अबको ३० वर्षमा एसिया र अफ्रिकामा मात्रै २ अर्ब २५ करोडले बढ्नेछ । विश्वका ८० प्रतिशतभन्दा बढी मानिस परम्परागत खेतीबाट बाहिर हुनेछन् । त्यतिखेर एशस्यका भारतसँग ४१ करोड ६० लाख, चीनसँग २५ करोड ५० लाख र अफ्रिकाको नाइजेरियासँग १८ करोड ९० लाख थप सहरी जनसंख्या हुनेछ । अब कल्पना गरौं । यो जनसंख्याका लागि बहुराष्ट्रिय कम्पनीहरुले ‘मास–फुड–सप्लाई’ गर्न कति वनजंगल र जंगली पशुपक्षी तहसनहस गर्नेछन् ?
अहिले विश्वमा राज गरिहेको नवउदारवादी पुँजीवाद उद्योगसँगै सहर बनाउने काममा पनि दौडिरहेको छ । धेरै कमाइ हुने भएपछि मान्छेहरू सहरतिर ओइरिएका छन् । जर्नल अफ अवेसिटी प्रिभेन्सन (२०१०) ले भनेको छ –“अहिले धेरै मान्छे धेरैथरी खाने कुरा किन्न सक्ने भएका छन् । यसले गर्दा खाद्यान्नको माग र उपभोग अस्वाभाविक चुलिएको छ । सन् १९८० यता सहरमा बस्ने मान्छेले आफूलाई चाहिनेभन्दा ६० प्रतिशत बढी खाद्यान्न उपभोग गर्छन् । तर यही बेला विश्व बैंकले नेपालमा मात्रै बर्सेनि झन्डै ३९ हजार मेट्रिक टन खाद्यान्न आपूर्तिको अभाव रहेको तथ्य निकालेको छ । अहिले खाद्यान्नको उत्पादन जीवनका लागि होइन, बेचबिखनका लागि हुन्छन् । कारखाना, बजार र व्यापारले गर्दा मान्छेको सम्पर्क पहिलेभन्दा बाक्लो र नजिक भएको छ । जति मानिस सहरमा खाँदिएका छन् कोरोनाजस्ता महामारी पनि उति नै बलियो बन्दै गएका छन् ।
जर्नल लेख्छ–“खानेकुराको प्रकार र प्रकृति यति जटिल भएकोछ, यसले मानिसको जीवन तथा काम गर्ने शैली नै बदली दिएको छ । योसँगै पृथ्वी र पशुपक्षीसँग मानिसका सम्बन्ध पनि बदलिएको छ । खानेकुरामा पशुपक्षीको उपभोग अत्यधिक बढेको छ । अहिले मासुका लागि मात्रै जंगली पशुपक्षीको उपभोग ७३ प्रतिशतले बढेको छ । विश्वभर मान्छेले दैनिक आफ्नो खानाको ६२ प्रतिशत हिस्सा मासुले भर्छन् । यो सबै कसरी सम्भव भयो ? सहरमा कैयौं खाद्य–उद्योग फस्टाएका छन् । र, खानेकुराको हजारौं प्रकारले ती उद्योग बाँचेका छन् । यसले मान्छेलाई चाहिनेभन्दा बढी खाना खान उक्साइरहेको छ । व्यावसायिक पशुपक्षीपालक र कृषि कम्पनी उसैगरी जति सकिन्छ धेरै उत्पादन गर्न हौसिएका छन् । जंगली जनावर तथा पशुपक्षीको चोरी सिकारी बढेको छ । धनि र सम्पन्नका घरमा अनावश्यक खानेकुराले भान्छा भरिएका हुन्छन् । चाहिनेभन्दा बढी अन्न फलाउन दिनदिनै जंगल सखाप भइरहेको छ । यस्तो मान्छेले आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिइरहदा कसरी पृथ्वी (प्रकृति)चुप लागेर बस्न सक्छ र ? यसरी आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिंन खोज्ने सामाजिक मूल्य मान्यतामाथि आक्रमण गर्ने विश्व नवउदारवादी पुँजीवाद, जसको वर्तमान रुप एकाधिकार पुँजीवाद(विश्व साम्राज्यवाद) हो र बहुराष्ट्रिय कम्पनीका रुपमा विश्वभर फैलिएका त्यसका दलालहरुको अन्त्य र वैज्ञानिक समाजवादको विकास नहोउन्जेल यस्ता प्रकृतिजन्य माहामारी मानव समुदायमा दोहोरि रहने छन् । यसैले नवउदारवादी पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको विकासले मात्रै कोरोना जस्ता महामारीको उत्पत्ति र फैलावट रोक्न सक्छ ।