नयाँ बर्षको दिन कोरोना, संक्रमितको संख्या २ थपिए

रौतहटका १९ वर्षीय युवा र कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिलामा संक्रमण देखिएपछि नेपालमा कोरोना, संक्रमितको संख्या १४ पुग्यो

प्रकाशित मिति : २०७७ बैशाख १

- मूलबाटो डट्कम संवाददाता


वैशाख १,काठमाडौँ
रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । यी दुई केश थपिएसँगै नेपालमा अब संक्रमितको संख्या १४ पुगेको छ ।
हिजो आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएकोे थियो ।
प्रवक्ता देवकोटोले तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएका छन् । उनले ती व्यक्तिसँग आएका २८ जनाको नमुना परीक्षण पनि भएको बताए । साथै छपकैया टोलका ५९ जनामा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् । प्रवक्ता देवकोटाले दिएको सोमबारको अपडेट अनुसार नेपालमा हालसम्म ५ हजार २ सय ९१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । आइसोलेसनमा देशभरी १०३ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार १ सय ९१ जना रहेका छन् ।