
आजसम्म विश्वका २१० वटा देशका १८ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । दैनिक करिब १ लाखको संख्यामा नयाँ संक्रमितह? थपिइरहेका छन् । दक्षिण एशियाका मुलुकह? खासगरी सार्क राष्ट्रह?मा १५ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा अमेरिका र दक्षिण एशिया तथा सार्क राष्ट्रह?मा भारत कोरोना भाइरसको इपिसेन्टर बनेको छ । नेपालमा पनि यसको संक्रमण डबल डिजिटमा देखिन थालिसकेको छ । चैत्र महिनाको अन्तिम दिन विरगञ्जमा थप ३ जनामा संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या १२ पुगेको छ ।
यतिखेर महामारी र भोकमरीको चपेटामा परेर नेपाली जनजीवन अस्तव्यस्त र कष्टकर अवस्थाबाट गुज्रिरहेको छ । महामारी रोकथाप तथा नियन्त्रण गर्न सरकारले देशमा लक डाउन घोषणा गरेको छ । तर लक डाउनसँगै उत्पन्न धेरै समस्याप्रति सरकार पूरै गैरजिम्मेवार बनेको छ । सीमामा आइसकेका आफ्नै नागरिकलाई पनि सरकारले घर आउन दिएको छैन । उनीह?लाई नेपालभित्र प्रवेश गराएर क्वारेन्टाइनमा राखी निश्चित अवधि पार गरेपछि परिवारको सम्पर्कमा जाने वातावरण मिलाउन चौतर्फी ?पमा आवाज उठिरहँदा पनि सरकारले जनआवाजको बेवास्ता गरिरहेको छ । भारतका विभिन्न शहरबाट मजदुरी गरेर स्वदेश फर्किएका सैयौं नेपालीह? अहिले पनि सीमामा अलपत्र अवस्थामा छन् । विश्वका विभिन्न देशमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीह?को उद्दारमा त सरकारले कुनै मतलबै गरेको देखिएको छैन । कोरोनाको संक्रमणको आशंकामा उपचार गराइरहेका विरामीह?को रिपोर्ट नआउँदै र कतिपयको परीक्षण गर्न नपाउँदै मृत्यु भइरहेको छ । मरणोपरान्त आएको रिपोर्ट नेगेटिभ देखिएको भन्दै सरकार भने आत्मरती लिइरहेको छ । जब कि पहिलो पटक परीक्षण गर्दा नेगेटिभ देखिएका केसह? पनि दोस्रो वा तेस्रो पटकको परीक्षणमा पोजेटिभ देखिने विज्ञ चिकित्सकह?ले दाबी गरिरहेका छन् । बुटवलको अस्पतालमा निधन भएका विरामीको मृत्युको कारण अस्पतालले घोषणा नगर्दा परिवारले ११ औं दिनमा मात्र शव जिम्मा लिएर अन्त्यष्टी गरेको छ । सामान्य ज्वरो आएका विरामीह?लाई एम्बुलेन्सले बोक्न नमान्ने, निजी अस्पतालले उपचार गर्न नमान्ने, चिकित्सक तथा नर्सह? छेवै नपर्ने गरेका र अस्पतालमा डुलाउँदा डुलाउँदै विरामीको मृत्यु हुने गरेका समाचारह? पनि आइरहेका छन् । लक डाउन लम्बिदै गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरह?, न्युन आय भएका गरिब तथा सुकुम्बासीह?, विभिन्न देशका शरणार्थीह? भोकमरीको चपेटामा परेका छन् । उनीह?लाई लक्षित गरी सरकारले राहतको प्याकेज घोषणा ग¥यो । तर राहत लक्षित समुदायमा पुग्न सकिरहेको छैन । एकाध त्यस्ता व्यक्तिह?लाई देखाएर सत्ता?ढ डबल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कार्यकर्ताह?ले नै स्थानीय जनप्रतिनिधिसँग मिलेर राहत कुम्ल्याइरहेका छन् । र, बितरण गर्दा पनि आफ्नो दलको कार्यकर्ता, समर्थक वा भोटर हो वा होइन भन्दै तोकिएभन्दा कम र गुणस्तर कमसल भएका खाद्य सामग्रीह? वितरण गर्ने गरिएको गुनासो आइरहेकै छ ।
जनता रोग र भोकले मरिरहँदा सरकार भने स्वास्थ्य सामग्रीको खरिदमा समेत करोडौंको भ्रष्टाचारको सेटिङ मिलाइरहेको छ । ओम्नी ग्रुपले बजार मूल्यभन्दा ४८ गुणा महंगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको समाचार बाहिरिएपछि सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कथित उच्च स्तरीय संयन्त्र नै शंकाको घेरामा तानिएको मात्र होइन, रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि समेत छानविन गर्न अख्तियार दु?पयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । व्यापक आलोचना भएपछि ओम्नी ग्रुपसँग गरिएको सम्झौता रद्द गरेको सरकारले नागरिक प्रशासनलाई लत्याएर सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिएपछि सरकार तथा पोखरेलको नियतमाथि गम्भीर प्रश्न उठाइएको छ । र, अहिले सर्वत्र महामारी नियन्त्रणका लागि सर्बदलीय संयन्त्र निर्माण गरेर काम गर्नुपर्ने आवाज उठिरहेको छ । तर ओली सरकार भने सर्वदलीय संयन्त्रको आवश्यकता नरहेको भन्दै पोखरेल नेतृत्वको उच्चस्तरीय संयन्त्रले नै महामारी नियन्त्रणसम्बन्धी सम्पूर्ण काम गर्ने बताइरहेको छ । महामारीको प्रारम्भिक अवस्थामा एकपछि असफल सावित भइरहेको यो सरकारले सर्बदलीय संयन्त्र निर्माण गर्न देखाएको अनिच्छालाई ‘बिनाशकाले विपरीत बुद्धि’को ?पमा अथ्र्याउन थालिएको छ ।































