भारतबाट आफ्नो घर फर्किन आएका मानिसप्रतिको सरकारको गैरजिम्मेवार र लापर्वाही नै सुदूरपश्चिम डेञ्जर जोनमा पर्नुको मूल कारण

कोभिड(१९)बाट संक्रमितहरुको केस स्टडीहरु र विभिन्न विज्ञहरुका भनाइहरु संक्षिप्तमा

प्रकाशित मिति : २०७६ चैत्र २४

- हुकुमबहादुर सिंह

भूमिका
नेपालमा कोभिड(१९)बाट संक्रमितहरुको संख्य दिनोदिन बढदै गइरहेको छ र यसको केन्द्र अब नेपालको अतिदुर्गम र पीछडिएको क्षेत्र र मानसिक चेतना कमजोर भएको सुदूरपश्चिम पर्दैछ भन्ने आंकलन गरिदैछ । यद्धपि अहिलेसम्म देशभित्र कोही यो महामारीका कारण मृत्यु बरण गरेका छैनन्। यसका पछाडि नेपालीको रोगप्रतिरोधात्मक क्षमता अन्य विकसित देशका नागरिकमाभन्दा तुलनात्त्मक रुपमा बलियो भएको भन्ने गरिएको छ । यस्तो सधै कायम रहने छ, भनेर अनुमान गर्न कठिन छ ।
अहिलेसम्मको घटनाक्रमहरुमाथि विचारगर्दा ओली सरकारको लापरवाही र गैर जिम्मेवारीपूर्ण रवैयाको परिणाम अहिले नेपालको सुदूरपश्चिम कोभिड(१९ को महामारीको केन्द्र बन्दैछ । किनभने सरकारले वेलैमा कोरोना विज्ञहरु, अन्य राजनीतिक दल तथा नागरिक समाजका प्रवृद्धवर्गहरुको भनाइ र सुझावलाई वेवास्ता गदैरहयो ।
एक साताअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले भनेका थिए–“‘नेपालमा कोभिड(१९) को महामारी फैलिने या नफैलिने भन्ने कुरा भारतबाट नेपाल छिरेका नेपालीहरुको अवस्थाले निर्धारण गर्छ । र भारतबाट नेपाल छिरेका मानिसहरु कति छन् र कहाँ के गर्दैछन् भन्ने जानकारी नहुँदासम्म हामी डेञ्जर जोनमै छौं ।” डा.बास्तोलाले यस्तो अभिव्यक्ति दिएको एक साता नबित्दै सुदूरपश्चिममा शनिबार तीन जनामा कोरोना संक्रमण देखियो, जसमध्ये दुई जना भारतबाट आएका थिए भने एकजना त्यहीँका स्थानीय । अहिले पनि यो सरकारले अविलम्व आम जनतासम्म पुग्ने गरी भाइरसजन्य प्रकोपको परीक्षण गराउनु पर्ने आवश्यकतालाई ढिलाइ गरिरहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाको भनाइभित्रको सत्यता यी तीनजना संक्रमित यो बीचमा कतिजनाको प्रत्यक्ष सम्पर्कमा थिए र ति प्रत्यक्ष सम्पर्कमा आएकाहरु कहाँ कहाँ छन्, कसैलाई जानकारी नै छैन ।
यो लेखको उद्येश्य सरकार गैर जिममेवार त छ नै नेपाली जनता पनि त्यही मार्गमा हिंडने त होइनन् त्यसका विरुद्ध सचेतना जगाउने हो । यति त्यसो भएमा देश र जनताको हालत कस्तो होला ? त्यसैले यहा“ अहिले सम्म संक्रमित भएकाहरुले के गरे र कसरी रोग फैलियो भन्ने जानकारी होस भन्ने हिसावले कोभिड(१९)बाट संक्रमितहरुको डायरी र विभिन्न विरामीहरुको केश स्टडी प्रस्तुत गर्ने कोशिस गरिएको छ र साथमा केही विज्ञहरुका अनुभवजन्य भनाई र दक्षिण कोरीयाको सफलताको वेग्लै अनुभव राख्ने प्रयास गरिएकोछ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार फागुन २३ गतेबाट चैतको दोस्रो सातासम्म प्रदेशका साना ठूला गरी १९ वटा नाकाबाट एक लाख ४३ हजार बढी मानिस नेपाल भित्रिएका छन् । यो बीचमा अवैध नाकाहरुबाट आएका मानिसको तथ्यांक मन्त्रालयसँग छैन । जुन संख्या १० हजारभन्दा बढी भएको अनुमान गरिएको छ ।
तर, प्रदेशका नौ वटा जिल्लामा एक हजार सात सय सात जनालाई मात्र अनिवार्य क्वारेन्टाइनमा राखिएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।
प्रदेशमा स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले समेत गरी ३ हजार नौ सय ७३ शैया बराबरका क्वारेन्टाइन स्थापना गरेको थियो । त्यसमा भारतबाट फर्केका डेढ लाखहरु अट्नै कुरै भएनन । डा.अवस्थी भन्छन्,’ हामी अहिले उनीहरुलाई खोज्दैछौं ।’ संक्रमितलाई खोज्दा खोज्दै त्यसबाट कतिमा संक्रमण हुने हो अनुमान लगाउन सकिदैन ।
ओली सरकारको लापरवाही र गैर जिम्मेवारीपूर्ण रवैयाको परिणाम र संक्रमितको पनि लापरवाहीवारे
गत शनिबार संक्रमित पुष्टि भएका धनगढीका एक युवा चैत ११ गते गौरीफन्टा नाका भएर नेपाल छिरेका थिए । चैत १० गतेदेखि सरकारले अन्तराष्ट्रिय सीमाबाट यात्रा आवगमन बन्द गरेपछि गौरीफन्टा नाकामा आइपुगेका उनीहरुले देश छिर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । त्यही नाराबाजी गर्ने भिडमा संक्रमित युवा पनि सहभागी थिए । त्यहाँ प्रहरी र उनीहरुबीच हात हालाहालको स्थिति आएको थियो ।
त्यो तनाव कम गर्न मन्त्रिपरिषद्को बैठक कुर्नुर्पयो । गौरीफन्टा नाकामा अड्किएका एक हजारजति नागरिकलाई मन्त्रिपरिषदको निर्णयअनुसार २१ वटा बसमार्फत प्रहरीले गन्तव्य पुर्यायो । त्यही भिडमा रहेका उनलाई १२ गते बिहान लम्कीचुहा नगरपालिका ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखियो । उनी बसेको क्वारेन्टाइन कस्तो थियो ? कसरी बसेका थिए ? उनीसँग को को प्रत्यक्ष सम्पर्कमा थिए ? अहिलेसम्म उनीहरुको नमुना संकलन गरिएको छैन । साथै, भिडभाडमा सँगै बसेर नेपाल छिरेका अरु मानिसहरु कुन ठाउँमा कसरी बसेका छन, त्यो पनि जानकारी छैन ।
त्यसैगरी चैत ६ गते नै दुबईबाट इमिरेट्स एयरको विमान मार्फत भारतको राजधानी नयाँदिल्ली र त्यसको भोलिपल््ट काठमाडौं आएका धनगढीका एक पुरुषमा १४ चैतमा कोरोना संक्रमण देखियो । धनगढीको प्रादेशिक अस्पतालमा उपचारत उनी काठमाडौं आएको भोलिपल्ट बुद्ध एयरबाट नेपालगञ्ज पुगेका थिए । त्यहाँबाट सार्वजनिक बस चढेर धनगढी पुगेका उनी ११ गते अस्पताल पुगे । र, उनलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ गते आएको थियो ।
दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको फ्लाइट यूके एक सय ५५ मा उनीसहित एक सय ३० यात्रु थिए । यस्तै, काठमाडौंबाट नेपालगञ्ज जान उनले चढेको बुद्ध एयरको विमानमा कुल ६५ जना यात्रु थिए । नेपालगञ्जबाट उनी धनगढी जान चढेको सार्वजनिक बस र त्यसपछि भएको भेटघाटको पनि कुनै हिसाब छैन ।
तर, उनलाई कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि उनकी भाउजूलाई पनि कोरोना संक्रमण पुष्टि भयो । त्यसको भोलिपल्ट उनको परिवारका सदस्यहरुलाई दुई दिन क्वारेन्टाइनमा राखियो । तर, क्वारेन्टाइनमा बस्न उनीहरुले गाह्रो माने र, लक्षण नदेखिएको भन्दै उनीहरुलाई घर मात्र पठाइएन, नमुना समेत संकलन गरिएन । समाजमा चौतर्फी दबाब बढेपछि २० चैतमा मात्र संक्रमित युवकको परिवारका सदस्यको नमुना संकलन गरेर काठमाडौं पठाइयो ।
श्रीमती, चार वर्षीया छोरी, उनका बुबाआमा, दाजु, भतिजीसहित १० जनाको नमुना परीक्षणका लागि पठाइएको थियो । उनीहरुमध्ये भाउजूमा संक्रमण देखियो ।
बेल्जियमबाट आएकी बागलुङकी १९ वर्षीया युवतीमा चैत १५ गते संक्रमण देखियो । यो नेपालको पाँचौं केस थियो भने बाग्लुङको पहिलो । उनी दोहा हुँदै आएको त्यही विमानमा थिइन, जुन विमानमा भएकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० मा संक्रमण देखिएको थियो र, त्यो नेपालको दोस्रो संक्रमण थियो ।
काठमाडौंबाट यती एयरलाइन्सको विमान चढेर उनी पोखरा पुगेकी थिइन । पोखरामा पुगेर उनी आफन्तकहाँ बसिन र माइक्रोबस चढेर बागलुङ पुगिन । घरमा पुगेर पनि उनी क्वारेन्टाइनमा बसिनन, गाउँ बजार आउजाउ गरिरहिन ।
उनलाई संक्रमण देखिएको ५ दिनपछि बाग्लुङकै ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखियो । उनी बाग्लुङकी पहिलो संक्रमितसँगै एउटै विमानमा आएकी थिइन । काठमाडौंबाट पोखरा हुँदै बाग्लुङ पुगेकी थिइन । खासमा उनी संक्रमित युवतीकै आफन्त थिइन । उनलाई दमको समस्या थियो । तर, बेल्जियमबाट फर्किएपछि उनीमा कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन । त्यसैले उनको नमुना समयमै संकलन गरिएन । उनी घरमै बसिन ।
उनले घरका अरु सदस्यलाई र छिमेकीलाई कोरोना सार्न सक्ने भनेर अहिले होम क्वारेन्टाइनमा राखिएको छ । उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको नमुना संकलन गरिए पनि रिपोर्ट आइसकेको छैन ।
विश्व स्वास्थ्य संगठन (डब्ब्लूएचओ)को भनाई
विश्व स्वास्थ्य संगठन (डब्ब्लूएचओ)ले बाहिरबाट फर्किनेहरुमा देखिने संक्रमणलाई पहिलो चरण भनेको छ । दोस्रो चरणलाई उसले ‘लोकल ट्रान्समिसन’ अर्थात स्थानीय संक्रमणको चरण भनेको छ, जसमा बाहिरबाट आएका व्यक्तिबाट परिवार र समुदायका व्यक्तिहरुमा कोभिड(१९) को संक्रमण फैलिन्छ ।
डब्ल्यूएचओले धनगढीमा जस्तै बाग्लुङमा पनि ‘लोकल ट्रान्समिसन’ हुन सक्ने आकलन गरेको छ । किनकि त्यहाँको अवस्थापनि पनि धनगढीकोभन्दा फरक छैन ।

विभिन्न विज्ञहरुका अनुभव र भनाईहरु
क. सुदूरपश्चिम प्रदेश निर्देशनालायका प्रमुख डा. गुणराज अवस्थीकाको अनुभव र भनाई
सुदूरपश्चिम प्रदेश निर्देशनालायका प्रमुख डा. गुणराज अवस्थीकाअनुसार अहिले सुदूरपश्चिम प्रदेशका ९ जिल्ला ६० वटा स्थानीय तह, ६३२ वटा वडामा गौरीफन्टा नाका भएर आउनेहरुलाई स्वास्थ्यमा समस्या भए सम्पर्क गर्न निर्देशन दिइएको छ । निर्देशन दिनुबाहेक अहिले अन्य विकल्प नभएको उनी बताउँछन ।
डाक्टर अवस्थी भन्छन, ‘उनीहरुलाई हामीले खोज्नेभन्दा पनि उनीहरु सबै आफैं आफ्नो स्थानीय तहमा सम्पर्कमा जानुपर्छ । स्वास्थ्यमा समस्या आउनासाथ स्वास्थ्यकर्मीसँग समन्वय गरेर नमुना पठाउनुपर्छ ।’
उनकाअनुसार गौरीफन्टा नाकाबाट भित्रिने अधिकांश मानिसहरु सुदूरपश्चिमका मात्र नहुन सक्छन् । दिल्लीबाट सात घण्टामा गौरीफन्टामा आइपुग्ने भएकाले त्यो नाका प्रयोग गरेर नेपाल भित्रिनेहरु देशभर रहेका हुन सक्छन् । उनी भन्छन्, ‘यो अवस्थामा नागरिकहरुले सहयोग गर्दै स्वास्थ्य संस्थामा आए भने मात्रै महामारी रोक्न सहज हुन्छ, नत्र भन्न सकिन्न ।’
ख. इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डे भन्छन्
‘हाम्रो टिमले सरकारले बनाएको प्रोटोकलअनुसार द्रुत गतिमा कन्ट्याक ट्रेसिङ गरिरहेको छ । पछिल्लो तीन संक्रमणको कन्ट्याक ट्रेसिङको रिपोर्ट हामीकहाँ आएको छैन’‘चैत ११ गते गौरीफन्टा नाका भएर छिर्ने भिडमा कतिजना थिए, उनीहरु ठूलो जोखिममा छन्’
ग. डाक्टर रामु खरेलको विचार
अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टाको ग्राडी अस्पतालको इमर्जेन्सी डिपार्टमेण्टमा कार्यरत डाक्टर रामु खरेल कोरोना भाइरस २ देखि १४ दिनसम्म लक्षणबिनै बिरामीबाट संक्रमित हुनसक्ने बताउँछन् । सोही कारण एउटा मानिसको संक्रमण पुष्टि हुनु पहिला मानिसले अरु धेरैलाई संक्रमित गरेको हुनसक्छ ।
खरेलकाअनुसार औसतमा कोभिडको एक जना बिरामीले दुई देखि तीन जना अरु मान्छेलाई संक्रमित गर्ने सम्भावना हुन्छ । तर, कन्ट्याक ट्रेसिङ र परीक्षण राम्ररी गरिएन भने एक जना कोरोना संक्रमितले लाखौंलाई संक्रमित गराउन सक्छ ।
यही कारण कन्ट्याक ट्रेसिङ छिटोभन्दा छिटो गर्नुपर्छ भन्ने महामारीको सिद्धान्त छ । तर, नेपालमा देखिएको पहिलो केसदेखि नवौं केससम्मको कन्ट्याक ट्रेसिङ अत्यन्तै सुस्त छ ।
संक्रमित देशबाट आएकाहरुको कन्ट्याक ट्रेसिङको जिम्मा स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ । कुनै व्यक्तिमा कोरोनाको संक्रमण भएको रिपोर्ट आएपछि महाशाखाले उनी कहाँबाट आएका थिए, कोकोसँग सम्पर्कमा आए भन्ने विवरण मन्त्रालयलाई बुझाउनुपर्छ ।
घ. महाशाखाका निर्देशक वासुदेव पाण्डे
क्वारेन्टाइनस्थलमा राख्नेदेखि नमुना परीक्षणसम्मको काम महाशाखा अन्तर्गत नै पर्छ । महाशाखाका निर्देशक वासुदेव पाण्डेको भनाई छ । उनका अनुसार कन्ट्याक ट्रेसिङका लागि विज्ञसहित ११ वटा टिम बनेको छ । टिममा चिकित्सक, ल्याब टेक्निसियन, जनस्वास्थ्य विज्ञहरुलाई राखिएको छ ।
विभिन्न जिल्लामा फैलिएका संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने जिम्मा प्रादेशिक स्वास्थ्य निर्देशनालयलाई दिइएको छ । निर्देशनलायले नै महाशाखालाई रिपोर्ट गर्छ । पाण्डे भन्छन्, ‘हाम्रो टिमले सरकारले बनाएको प्रोटोकलअनुसार द्रूत गतिमा कन्ट्याक ट्रेसिङ गरिरहेको छ । पछिल्लो तीन संक्रमणको कन्ट्याक ट्रेसिङको रिपोर्ट हामीकहाँ आएको छैन ।’
ङ. कन्ट्याक ट्रेसिङ किन गर्नुपर्छ ?भन्नेवारे जिवाणु वैज्ञानिक सुदीप खड्काको विचार
संक्रमित व्यक्तिको संक्रमण स्रोत पहिचान गरी उसको सम्पर्क तथा व्यवहारको पूर्णअध्ययन गर्ने र सम्भावित संक्रमितलाई चाँडोभन्दा चाँडो पहिचान गरेर उपचार गर्दै अन्य क्षेत्रमा संक्रमण फैलिन नदिने प्रक्रिया नै कन्ट्याक ट्रेसिङ हो ।
जिवाणु वैज्ञानिक सुदीप खड्काका अनुसार कुनै पनि रोगले महामारीको रुप लिन्छ भने सो रोगको उत्पत्ति र त्यसको सम्भाव्य असरप्रति पहिले नै जानकार हुनुपर्छ । त्यसका लागि रोग कहाँबाट, कसको माध्यम हुँदै र कसरी फैलियो भन्ने जान्न जरुरी हुन्छ । उनी भन्छन्, ‘महामारी फैलिन सुरु हुनासाथ कन्ट्याक ट्रेसिङ गर्न सकियो भने यो महामारी रोक्ने अचुक औषधि हुन्छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला दक्षिण कोरियाको अनुभवका आधारमा नेपाल सरकारले कोभिड(१९ परीक्षण अगाडि बढाउनुपर्ने बताउँछन । दक्षिण कोरियामा संक्रमण फैलिएको सुरुवाती चरणमा दैनिक करिब १० हजार जनाको नमूना परीक्षण गर्ने गरिएको थियो ।
च. दक्षिण कोरियाको अनुभव
पाँच करोड १२ लाख ६९ हजार १८५ जनसंख्या रहेको दक्षिण कोरियाले ९ मार्च सम्ममा दुई लाख १० हजार एक सय ४४ जनाको नमुना परीक्षण गरेको थियो । यही कारण लकडाउन नगर्दा पनि त्यहाँ कोरोनाले ठूलो मानवीय क्षति भएको छैन ।
सन २०१५ मा फैलिएको मार्स रोग परीक्षण गर्ने क्षमता नहुँदा संक्रमित बिरामी फेला पार्न गाह्रो भएको अनुभवका आधारमा कोरियाले अहिले ठूलो सुधार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । यही कारण सुरुका दिनमा बढेका कोभिड(१९) को नयाँ संक्रमण दर पछिल्लो समय घटिरहेको छ ।सुरुवातका दिनहरुमा एकै दिनमा एक हजार जनासम्म संक्रमित भेटिएको कोरियामा मार्चको अन्तिमतिर एक सयको हाराहारीमा संक्रमित भेटिएका छन् ।
सारम्श
माथि उल्लेख गरिएका संक्रमितका अवस्थाहरु र उनीहरुलाई सरकारबाट वेलैमा सहयोग नगर्दा उत्पन्न परिस्थितिले स्पस्ट पार्दछ कि ओली सरकारको भारतबाट नेपाल आफ्नो घर फर्किएकाहरुलाई समयमा नै र भिड नवनाएरै देशभित्र छिर्न नदिई सरकारले यसवारे समयमा नै निर्णय नगर्दा र भिड जम्मा गराउने काम गर्दा नै एक दुई जनाको संक्रमण अन्यमा फैलाउन मद्त पुग्यो ।
यो लेखको सारम्श सुदूरपश्चिम प्रदेश निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले भनेझै यो लेखकले पनि सहमितका साथ भन्नै पर्ने भएको छ, जसमा उनले भनेका छन्–“अब नागरिकहरुले सहयोग गर्दै स्वास्थ्य संस्थामा आए भने मात्रै महामारी रोक्न सहज हुन्छ, नत्र भन्न सकिन्न ।”