कोरोना संक्रमितको संख्या ५ पुग्यो, ३२ जनाको रिपोर्ट आउन बाँकी

प्रकाशित मिति : २०७६ चैत्र १५


काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । ती संक्रमित युवती बागलुङकी हुन् । २२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी क्यूआर ६५२ फ्लाइबाट आएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ बाहिर कोरोना संक्रमित भेटिएको यो दोस्रो केश भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।
हालसम्म ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको र रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए ।

प्रवक्ता देवकोटाले चौथो केशको फ्लाइटको विवरण पनि भनेका छन् । ती संक्रमित २० मार्चमा विस्तारा एयरको दिल्लीबाट युकेको ११५ फ्लाइट हो । ती संक्रमित अहिले धनगढीमा उपचाररत छन् ।