एक युवतीमा काेराेना भाइरस संक्रमण भएकाे पुष्टि

प्रकाशित मिति : २०७६ चैत्र १०

काठमाडौँ । एक नेपाली युवतीमा काेराेना भाइरस संक्रमण भएकाे पुष्टि भएकाे छ । फ्रान्सबाट कतार हुँदै आएकी उनमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी ती युवतीकाे रिपोर्ट हिजो (आइतबार) आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवतीलाईउपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।

युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने र उनीहरुलाई क्वारेन्टाइनमा राखिने मन्त्री ढकालले जानकारी दिए ।