ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ललितपुरको गोदावारीमा सेल कमिटि निर्माण गरेको छ । पार्टीका जिल्ला सचिव दीपक, अनेमसंघ (क्रान्तिकारी)की ३ नं. प्रदेश संयोजक रुपा गेलाल लगायतका नेताहरुको उपस्थितिमा भएको एक भेलाले कल्पना थापाको नेतृत्वमा ९ सदस्यीय कमिटि गठन गरिएको हो ।
बुधबार भएको भेलाले उक्त कमिटिको अध्यक्षमा कल्पना थापा र सदस्यहरुमा सम्झना पुटुवार, पार्बती थापा, मैयाँ महर्जन, नन्ददेवी महर्जन, शान्ता थामी घर्ती, सुशिला थापा, विना थापा लगायत रहेका छन् ।
भेलामा संगठनकी जिल्ला संयोजक सीता बराइली, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकी ललितपुर संयोजक निशा राई, पार्टी जिल्ला सदस्य दिनेश थापा लगायतको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर