काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङसहित पाँचवटा किसान संगठनका अध्यक्षहरुले संयुक्त रुपमा एक वक्तव्य जारी गरी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संभावित जोखिमबाट नेपाली जनताको जीवन रक्षा गर्न, त्यसका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न, जनतालाई गलत सूचना फैलाएर आतंकित नपार्न र कृत्रिम अभाव तथा कालाबजारी गर्ने अपराधीहरुलाई तत्काल कारबाही गर्न जोदार माग गरेका छन् ।

हार्दिक शुभकामना !

चैत्र २ गते जारी गरेको वक्तव्यमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को तर्फबाट सीताराम तामाङ्ग, अखिल नेपाल किसान महासंघ(अप्फा)को तर्फबाट भैरव रेग्मी, अखिल नेपाल किसान युनियनको तर्फबाट लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघको तर्फबाट कृष्ण राना र फ्याक्ट नेपालको तर्फबाट गंगादेवी राईले हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “घातक महामारीको रुपमा बिश्वभरी नै फैलिएको कोरोना भाइरसले आज बिश्वका १५३ देश र क्षेत्रलाई गाँजेको र आक्रान्त पारेको छ । मृतकको संख्या ६ हजार पुग्न थालेको छ र संंक्रमितको संख्या १ लाख ५७ हजार पुग्न थालेको छ । छ । यस भयावह स्थितिमा बर्तमान सरकारले यो घातक रोग देशमा फैलिन नदिन र कथंकदाचित रोग फैलिहाले त्यसलाई समयमै सही र सुरक्षित किसिमले नियन्त्रण र उपचार गरेर निको पार्ने तत्परता, तदारुखता र प्रभावकारिता पटक्कै देखाउन सकेको छैन । बरु रोग लागे जनताले आफै क्वारेण्टाइनमा बस्नु पर्ने सरकारले केही गर्न नसक्ने भन्ने जस्ता अभिब्यक्ति दिएर बिश्वब्यापीरुपमा फैलदो यो ब्याधीबाट सन्त्रस्त जनतालाई झनै आतंकित पार्ने र राज्यको जिम्मेवारी नै नभएको जस्तो ब्यबहार देखाउने कार्य चरम लापरबाही अत्यन्तै गैर जिम्मेवार तथा जनताको स्वास्थ्यप्रति खेलबाड गर्ने कुरा हो । यस्तो गतिबिधिप्रति हामी रोष प्रकट गर्दै घोर बिरोध गर्दछौ र जनताप्रति जिम्मेवार हुन र उनीहरुको जीवनको रक्षा गर्न राज्य र सरकार सबै किसिमले प्रस्तुत हुनु पर्दछ भन्ने जोडदार माग गर्दछौं ।
हरेक किसिमले सक्षम र उन्नत देशहरुले समेत यो ब्याधिका बिरुद्ध ब्यापक कदम उठाइरहेका बेला हाम्रो जस्तो कमजोर अर्थतन्त्र, क्षमता र दक्षता भएको देशले समयमै यस्तो ब्याधीलाई नियन्त्रण गर्ने, फैलिन नदिने र उपचार गर्ने पूर्बाधार तयार नगर्ने हो भने त्यसले भयावहरुप लिने कुरा निश्चित छ । तसर्थ अहिले खाशगरी भारतमा फैलदो र बढ्दो यो रोगको प्रकोपलाई ध्यानमा राखेर खुल्ला सीमानाकाको आवत जावतलाई ब्यबस्थित गर्ने, लगत राख्ने, हेल्थ डेक्स राख्ने र त्यसलाई सशक्त र प्रभावकारी बनाउन सबै स्तरका चिकित्सकहरुलाई आबश्यकता अनुसार चलायमान गराउने, आयातित सामानलाई पनि क्वारेण्टाइमा राखेर मात्र भित्रिन दिने र प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रि उडान र आवात जावातलाई पनि कडा निगारनीमा राख्नेदेखि बन्द नै गर्नु पर्ने स्थिति भएकोले अन्तर्राष्ट्रिय बिमान स्थलमा पनि उच्च प्रभावकारी हेल्थडेस्क लगायतको आवश्यक प्रबन्ध गर्न सरकार युद्ध स्तरमा प्रस्तुत होस् भन्ने हामी जोडदार माग गर्दछै ।
यसका साथै यो महामारीको सन्त्रासबाट अबाञ्छित फाइदा उठाउदै खाद्यान्न, ग्यास, फलफूल, तरकारी, पेट्रोल, सर्जिकल माक्स आदिको समेत कृतिम अभाव सिर्जना गर्ने, चर्को मूल्य बृद्धि गर्ने र जनतालाई सिधै ठग्ने जुन काम भइरहेको छ त्यसको कडाईका साथ नियन्त्रण गर्नु त्यस्ता अपराधीमाथि तत्काल कडा कारबाही गर्न र जनतालाई दैनिक उपभोगका नभइ नहुने खाद्यान्न लगायतका सामानहरुको अभाव र मूल्य बृद्धि हुन नदिन पनि हामी पाँच किसान संगठनहरु संयुक्तरुपमा जोडदार माग गर्दछौं । अन्यथा स्थिति अनियन्त्रित भएर गए त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने कुरा प्रष्ट पार्न चाहन्छौ ।”

प्रतिक्रिया

सम्बन्धित खवर