
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का ३ नं. प्रदेश सदस्य केशवराज सुवेदीलाई मातृशोक परेको छ । उहाँकी आमा तेजकुमारी सुवेदीको आज विहान ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टी गरिएको छ ।


क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले दिवंगत तेजकुमारी सुवेदीको पार्थिव शरीरमा माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गुर्नभयो र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा पार्टीका पीवीएम तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्मा, पीवीएम तथा ३ नं. प्रदेशका सचिव सुरेश श्रेष्ठ, सिसिएमहरु ईश्वर तिमिल्सिना, वसन्त बोगटी, हरिकृष्ण गजुरेल, गोविन्द पौडेल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।






























