काठमाडौं । सत्तारुढ दल डबल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठाडो आदेशमा बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल हुने गरी कार्य सूचीमा चढिसकेको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव अन्तिम सयममा कार्यसूचीबाट हटाइएको खुलासा भएको छ ।
प्रचण्डले सभामुख अग्नि सापकोटालाई फोनमार्फत् सो प्रस्तावलाई संसदमा छलफल नगराउन ठाडो आदेश दिएका थिए । उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भारत सरकारको आग्रहमा लागि सो प्रस्ताव छलफल नगराउन आदेश दिएको बुझिइएको छ ।
सत्तारुढ दल नेकपाकै सांसद खगराज अधिकारीले ४ महिना अगाडि दर्ता गराएको सो प्रस्ताव प्रचण्डकै आदेशमा ‘ढिसमिस’ हुन पुगेको बताइएको छ ।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले प्रचण्डसँगको भेटमा सो प्रस्तावमाथिको छलफल रोकिदिन आग्रह गरेको स्रोतको दाबी छ । क्वात्राको सो आग्रहपछि उनकै सामुन्ने प्रचण्डले सभामुख सापकोटालाई फोन गरेर सो प्रस्तावमाथि छलफल नगराउन ठाडो ओदश दिएको स्रोतले जनाएको छ ।
ओली समूहले भने भारतलाई रिझाउन सो प्रस्ताव छलफल नै नगराउने षडयन्त्रमा प्रचण्ड लागेको आरोप लगाएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर