सल्यान । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को पश्चिम ब्यूरोको अभियान टोली कर्णाली प्रदेशको सल्यानमा पुगेको छ । अभियान टोलीले सल्यानका विभिन्न तीन स्थानमा सोमबार कोणसभा सम्पन्न गरेको छ ।

हार्दिक शुभकामना !

प्राप्त जानकारी अनुसार सल्लीबजारको कार्यक्रम सञ्चालन तेजबिक्रम शाहीले गरेका थिए भने पार्टी केस दिपकबहादुर शाही, अखिल (क्रान्तिकारी)का केस नेत्रबहादुर शाहीले सम्बोधन गरेका थिए भने सामना परिवारका कलाकार अमर राहदीले गीत संगीत प्रस्तुत गरेका थिए ।


त्यसैगरी खलंगामा भएको कोणसभाको सञ्चालन पार्टी केस दिपक शाहीले गरेका थिए भने पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरोका इन्चार्ज रामसिंह श्रीस, पार्टी पीवीएम चक्रपाणी शर्मा, केस समिर केसी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

जिल्लाको श्रीनगरमा भएको कोणसभाको सञ्चालन अखिल क्रान्तिकारीका केस नेत्रबहादुर शाहीले गरेका थिए भने कोणसभालाई पार्टी केस समीर केसी, तेजबहादुर शाहीले सम्बोधन गरेका थिए ।


वक्ताहरुले राष्ट्रघाती रहेकोले एमसीसी कुनै पनि हालतमा खारेज गरिनुपर्ने, भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूमि फिर्ता गरिनुपर्ने, भ्रष्टाचारी, कमिसनखोरीहरुलाई कारबाही गरिनुपर्ने लगायतका विषयमा जोड दिएका थिए । वक्ताहरुको सबैको एउटै निष्कर्ष रहेको थियो कि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान गर्नका निम्ति वर्तमान दलाल तथा नोकरशाही संसदीय व्यवस्था फालेर नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नुपर्दछ ।
अभियान टोलीले आज सुर्खेतमा कार्यक्रम गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर