क्रान्तिकारी माओवादीको अभियानटोली ५ न.. प्रदेशका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी ६ नं. प्रदेश प्रवेश

दिपक शाही र चक्रपाणी शर्मालगायतबाट ६ नं. प्रदेशको अभियान टोलीको जिम्मेवारी बहन

प्रकाशित मिति : २०७६ फाल्गुन १७

- तेजविक्रम शाही

पूवी रुकुम फागुन १६ गते
बुटवल पश्चिमको अभियान टोलीले फागुन १३,१४ र १५ गते रोल्पामा विभिन्न कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरी १६ गते पूवी रुकुमको भुमे गाउँपालिका ६ महत पोखरा डाँडामा कोणसभा सम्पन्न गरेको छ । । उक्त सभाको संचालन महेश श्रेष्ठले गरेका थिए भने वक्ताको रुपमा निरज के.सी.ले सम्बोधन गरेका थिए । सोही दिन भुमे गाउँपालिका २ खाबांग बजारमा अर्को कोणसभाको आयोजना गरियो, जसमा संचालन महेश श्रेष्ठले गरेका थिए भने वक्ताको रुपमा भुपेन्द्र न्यौपानेले सम्बोधन गरेका थिए । त्यसपछि सिस्ने गाउँपालिका ६ छिप्रीदह रुकुमकोटमा भएको कार्यक्रमको संचालन दिलबहादुर कठायतले गरेका थिए भने वक्ताको रुपमा निरज के.सी.र प्रेम सुवेदीले सम्बोधन गरेका थिए । अमरले केही जनवादी गितहरु गाएका थिए ।
यसैक्रमलाई निरन्तरता दिंदै अभियान टोली ६ न. प्रदेशमा पर्ने पश्चिम रुकुमको मुसीकोट नगरपालिका १ मा ६ नं. प्रदेशबाट चक्रपाणी शर्मा र दिपक शाहीको नेतृत्वमा कार्यक्रममा जोडिन आएका अभियान टोली सदस्यहरुको सहभागिता भयो । उक्त नगरपालिका १ त्रिवेणी चोकमा भएको कार्यक्रमको संचालन दिपक शाहीले गरेका थिए भने वक्ताको रुपमा निरज केसी र चक्रपाणी शर्माले सम्वोधन गरेका थिए । अमरले जनवादी गित गाएका थिए