बुटवल पश्चिमको अभियान टोलीले रोल्पाका विभिन्न ठाउँहरुमा सभाहरु सम्पन्न

प्रकाशित मिति : २०७६ फाल्गुन १३

- तेजविक्रम शाही


रोल्पा फागुन १३ गते
बुटवल पश्चिमको अभियान टोलीले फागुन १०,११ र १२ गते प्युठानमा विभिन्न कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरी १३ गते रोल्पाको सुनिल स्मृती गाउँपालिका २ खुङग्री बजारमा कोणसभा सम्पन्न गरेको छ । । उक्त सभाको संचालन महेश श्रेष्ठले गरेका थिए भने वक्ताको रुपमा तेजविक्रम शाहीले सम्बोधन गरेका थिए । सोही दिन सुनिल स्मृती गाउँपालिका ४ सुलिचौरमा अर्को कोणसभा सम्पन्न गरियो जसमा वक्ताहरु नीरज के.सी. र धनेश्वर पोख्रेल थिए भने सचालन दिलबहादर कठायतले गरेका थिए ।


रोल्पाको सदरमुकाम लिवाङ बजारमा अर्को कोणसभाको आयोजना गरियो, जसमा वक्ताको रुपमा निरज के.सी. र भुपेन्द्र न्यौपानेले सम्वोधन गरेका थिए भने कार्यक्रमको संचालन महेश श्रेष्ठले गरेका थिए ।