नेपाली एकता समाज भारतको पन्जाबमा नगर र जिल्लाका बैठकहरु सम्पन्न

नेपाली एकता समाज भारतको पन्जाबमा नगर र जिल्लाका बैठकहरु सम्पन्न


नयाँ दिल्ली २३ फरवरी २०२०का दिन नेपाली एकता समाज भारत पंजाब राज्य समिति अन्तर्गत पर्ने तलवाडा नगर समितिको ७औ,नियमित बैठक केन्द्रीय समितिका सदस्य तथा तलवाडा् नगर समितिका अध्यक्ष रामु दर्लामीको अध्यक्षतामा र नेपाली एकता समाज केन्द्रीय सचिवालय सदस्य रामूसुमा पौडेल, एव केन्द्रीय सचिवालय सदस्य तथा महिला इन्चार्ज कमला गौतम, केन्द्रीय कोषाध्यक्ष बीर बहादुर गौतम, नरबहादुर गौतम, र टी.बी.जीसीको बिशेष उपस्थितीमा गहन छलफलका साथमा बिभिन्न महत्वपूर्ण निर्णयहरु पारित भएको छ । साथै यस नगर समिति अन्तर्गत महिला इन्चार्ज कमला गौतमको नेतृत्वमा ५ सदस्यीय महिला समितिको गठन गरिएको छ । त्यसैगरी पंजाबको पठानकोटमा नेपाली एकता समाज भारत पठानकोट जिल्ला समितिको प्रथम बैठक ,तेजबहादुर थापाको अध्यक्षतामा र जनक थापाको सन्चालनमा र केन्द्रीय सदस्य राम ब. कौशल, राज्य सदस्य धिरेन्दर थापा, सत्य राम थापा, कबिराज चौहान र दर्शन थापाको उपस्थितिम १७ जनाको जिल्ला समिति पुनरगठन गरिएको छ । अध्यक्षमा तेज बहादुर थापा, उपाध्यक्ष अर्जुन मल्ल, सचिव जनक थापा र कोषाध्यक्ष दर्शन थापा रहेका छन् ।