फागुन १२ गते प्युठान
अभियान टोलीले फागुन १२ गते प्युठानको सरुमारानी गाउँपालिका बड्डाँडामा कोणसभा सम्पन्न गरेको छ । । उक्त कोणसभामा नेपालका चर्चित र स्थापित जनवादी गायक जीवनशर्माको सहभागिता रहेको थियो । उनले त्यहाँ जनवादी गित– ‘‘छोड छोड विस्तारवाद नेपालभूमी छोड, भारतीय सेनाहरु कालापानी छोड, लिपुलेक छोड, लिम्पियाधुरा छोड” गाएका थिए । अहिले यो गित पश्चिम नेपालको भ्रमणमा अभियान टोलीको अति लोकपृय गित बनेको छ । उक्त सभाको संचालन दिलबहादर कठायतले गरेका थिए भने वक्ताको रुपमा भुपेन्द्र न्यौपाने र केबी गुरुङ्खले सम्बोधन गरेका थिए ।

हार्दिक शुभकामना !

सोही दिन माण्डवी गाउँपालिका ३ जसपुरमा पनि अर्को कार्यक्रमको अयोजना गरियो । महेश श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रमलाई धनेश्वर पाख्रेलले सम्वोधन गरेका थिए।


त्यसैगरी सोही दिन स्वर्गद्धारी नगरपालिका भिङ्ग्रीमा कोणसभाको आयोजना गरियो । उक्त कोणसभालाई टिकाराम पौडेलले सम्वोधन र परिवर्तनले संचालन गरेका थिए । आज प्युठानको कार्यक्रम सम्पन्न गरी प्युठानकै भिङ्ग्रीमा रात बिताउने र भोली फागुन १३ गतेबाट रोल्पा जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन गर्ने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर