रामेछापमा ९ दलको बिरोधसभा सम्पन्न

भारतीय सीमा अतिक्रमण र अमेरिकी नियोगसँग गर्न लागेको एमसीसी सम्झौताको बिरोध

प्रकाशित मिति : २०७६ फाल्गुन १०

- सम्वाददाता मूलबाटो डट्कम


रामेछापको सदरमुकाम मन्थलीमा फागुन ८ गते नौ दलले भारतीय सीमा अतिक्रमण र अमेरिकी नियोगसँग गर्न लागेको एमसीसी सम्झौताको बिरोधमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।
९ दलले काठमाडौं उपत्यकामा बिभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा सोही कार्यक्रम जिल्ला ब्यापी बनाउदै लैजाने गरी कार्यक्रमहरु अन्य जिल्लामा जस्तै रामेछापमा पनि तय गरिएको हो । त्यसै अनुरुपको यो कार्यक्रम मन्थलीमा ९ दलको जिल्लास्तरीय कार्यक्रम भएकोे संयुक्त गठबन्धनमा रहेका नेकपा (क्रान्त्रिकारी माओवादी) जिल्ला सचीव लाङघाली मगरले जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले भारतीय सीमा अतिक्रमण र अमेरिकासँग हुन लागेको एमसीसी सम्झौता बिरुद्ध जनतालाई जानकारी गराउनु कार्यक्रमको एउटा उद्येश्य रहेको बताएका थिए । नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य गणेस खड्गी, नेकपा मालेका केन्द्रीय सदस्य मोहन कार्की, र राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष अर्जुन थापाले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
बक्ताहरुले भारतले नेपालको लिपुलेक लिम्पियाधुरा अतिक्रमण गरेको नेपाली भुमि तत्काल फिर्ता गराउन भारतसँग कुटनीतिक पहल गर्नुपर्ने र कुटनीतिक पहल गर्दा पनि नेपालको भुमि भारतले फिर्ता नगरे नेपालले उक्त नेपालको अतिक्रमित भुमिलाई अन्तराष्ट्रिय करण गरेर भएपनि फिर्ता गराउन भारतमाथि अन्तराष्ट्रिय दवाव सृर्जना गराउन, साथै नेपालको सर्वभौमसत्ता सम्पन्न राष्ट्रलाई नै समाप्त गर्ने गरि आएको अमेरिकी नियोगको एमसीसी सम्झौता गर्न नहुने भन्दै बिरोध गरेका थिए । कार्यक्रममा स्थानीय जनता र जिल्लाका टाढा टाढाबाट आएका रामेछापका जनताहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो । सो कार्यक्रमलाई देशभक्त नेपाली जनताको कार्यक्रम भएको बक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका थिए । कार्यक्रमको संचालन नेकपा (क्रान्त्रिकारी माओवादी) जिल्ला सचीव लाङघाली मगरले गरेका थिए