क्रान्तिकारी माओवादीको बुटवल पश्चिमको अभियान टोली अर्घाखाँची प्रबेश

अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्ला सम्मेलन आयोजनाका लागि मनोज थापाको अध्यक्षतामा ९ सदस्यीय आयोजक समिति गठन

प्रकाशित मिति : २०७६ फाल्गुन १०

- महेश श्रेष्ठ

फागुन ९ गते
अभियान टोलीले फागुन ६ गते तानसेन, ७ र ८ गते गुल्मी जिल्लाका विभिन्न कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरी ८ गते वेलुका अर्घाखाँची प्रवेश गरेको छ र फागुन ९ गते त्यहाँ उक्त टोलीले मालारानी गाउँ पालिकाको वार्ड नं. ६ हंसपुर रतनमारेमा पहिलो सभाको आयोजना गरयो । उक्त सभाको संचालन दिलबहादर कठायतले गरेका थिए भने वक्ताको रुपमा धनेश्वर पोख्रेलले सम्बोधन गरेका थिए ।
त्यसपछि सोही दिन उक्त टोलीले अर्घाखाँचीको सदरमुकाम सन्धीखर्क नगरपालिका वार्ड नं. १ शान्ति वगैचामा अर्को कार्यक्रमको आयोजना गरयो । कार्यक्रमको संचालन दिल बहादुर कठायतले गरेका थिए भने स्वागत मनतव्य अशोक थापाले गरेका थिए । उक्त सभालाई भुपेन्द्र न्यौपानेले सम्वोधन गरेका थिए ।


अभियान टोलीका दुइवटा महत्वपूर्ण उद्येश्य–राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तारमध्ये अर्घा खाँचीको सन्धीखर्कमा अखिल (क्रान्तिकारी)को जिल्ला भेला÷सम्मेलन आयोजना गर्नका लागि मनोज थापाको अध्यक्षतामा मनोज सहीत ९ जनाको आयोजक समिति गठन गरियो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता अभियान टोलीका सदस्य तेजविक्रम शाहीले गरेका थिए भने अन्य आतिथिहरुमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य महेश श्रेष्ठ र अर्घाखाँची जिल्ला सचिव तकमान राउत थिए ।