नेपालको इतिहाँसमा धेरै पटक आन्दोलन भए । ती सबै,चाहे राणा शासन विरुद्ध होस् पन्चायत हुदै दसबर्षे जनयुद्धले ल्यायको लोकतन्त्र अनि अहिलेको नामको गणतन्त्रसम्म आईपुग्दासम्म पनि महिलाहरुलाई हेर्ने दृस्ठिकोणमा कुनै अन्तर छैन । अहिले पनि आफ्नो अधिकार बाट बन्चित र कुन्ठित बनाइएको अबस्था छ । देशमा अझै पनि महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा नै हेरिन्छ । सामाजिक रुपमा बिभेद उस्तै नै छ । सामाजिक रुढीबादी परम्परा अनि पृतृसत्तात्मक सोंचका कारण महिलाहरुप्रति पुरानै चिन्तन छ । महिलाहरुलाई समान ज्याला समान अबसर र आफ्ना नैसर्गिक अधिकारहरुबाट अलग्यई उनीहरुको गतिशीलता र शरीरमाथि पुरुषकै नियन्त्रण गर्ने प्रवृत्ति छ्दैछ । कुनै परिवर्तन ल्याउन सकिरहेको देखिदैन । त्यसैले अझै पनि महिलाहरु घर आँगन वन पाखामानै सिमित छन् ।

सामाजिक, धार्मिक र राजनीतिक रुपमा हिजो आजमा कुनै अन्तर छैन सरासर हेर्दा नगन्य एकदुई महिलाहरु उच्च ओहोदामा रहेता पनी मुलतः सख्यात्मक रुपमा कुनै त्यस्तो परिवर्तन ल्याउन सकिरहेको अबस्थामा छैन । राज्यको केही निकायमा टाठा बाठालाई मात्र समेटेको प्रष्ट नै छ । केहि नेताका आसेपासे बाहेक अरु क्षेत्रमा समाबेश गराईएको नै छैन । औपचारिकता मात्र निर्भाह गरि हात्तिका देखाउने दाँत जस्तो सतहमा मात्र तैराएको अबस्था छ, बास्तबिकताको धरातल झन बिकाराल बन्दै गएको छ । महिलाहरु दिनानुदिन हत्याहिंसा जस्ता अपराधका शिकार बन्दै भोग्न परेका समस्याले गाउँदेखी शहरसम्म कतैपनी अछुतो छैन ।

हार्दिक शुभकामना !

महिलाहरु त्यही पुरुषबादी साेंचले जकडीएका छन । सत्तामा पुरुषकै बोलाबोल र बाहुल्यता छ, त्यसैले नेपाली महिलाहरु आज पनि उहि घरेलु कामदारको रुपमा जिवन यापन गर्न बाध्य छ्न बिहान देखी बेलुकीसम्म उहि भान्छा र चुलो चौको बाहेक अन्त पु=र्याउन सकिरहेको छैन । हिजो संघर्षको दौरानमा तिनै महिला पेटमा र काखमा बच्चा लिई काँधमा बन्दुक बोकि अग्रपंक्तिमा नै रहि लडे कतिको बलिदानि गरेको इतिहास साक्षि छ । आफ्नो जिवन नै उत्सर्ग गरे । तर आज यहाँसम्म आईपुग्दा पनि अवस्था झन जटिल बन्दै गहिरहेको छ । महिलाका सम्स्या ज्युकातियु छ्न । महिला अधिकारका जति भाषण छाटे पनि ब्यबहारिक रुपमा फड्को मारेको छैन, केहि भएकै छैन कानुन जस्ता बने पनि । निचोडमा पुरुषबादको नै वोकालत हावी छ । ब्यबहारिक पक्ष झन अधुरो अपुरो छ ।

कहाँ छ महिला अधिकार ? महिला अधिकारलाई सीमित र निश्चित घेराभित्र नै खुम्चाएको छ । कति हत्या बलात्कार जस्तो सिकार भई मानसिक रुपमा बिछिप्त रहेका छन । समाजमा महिलाहरुलाई कुनै महत्व नै दिइदैन घरेलु हिंसा बड्दो रुपमा छ । अहिले पनि महिलाको बिना नै सृष्टि चल्छ, रहन्छ भनेझै उहि व्यबहार गर्छ्न । किन बुझदैन यो समाज ?अनि सत्ताका बुझक्कड नबुझे झै गर्छ्न । मुख्य अङ्ग नै देशको राज्य सत्ता हो । एक अङ्ग पुरुष हौ भने एक महिला भन्ने कुरा स्विकार्न गार्हो भै जानाजान स्विकार्दैन । परिवर्तन खाका कोर्नेहरु आफ्नो अस्तित्व र बर्चस्व गुम्ला भन्ने डरले सधै तल्लो दर्जामा राख्न जोड बल गर्छन् । दुबैको दाईत्व र अधिकार के कारणले फरक बन्यो ? खाली सोंचाई र चिन्तनको मात्र फरक हो ? एक अर्काका परि पुरक हुन महिला पुरुष, जसले तिम्रो हाम्रो सन्सारको सृजना गर्यो अझ भन्ने हो भने यो समाज निर्माणमा महिलाहरुनै बडि योगदान छ त्यसैले महिलाहरुलाई बिशेश नजरले हेरिनु पथ्र्याे । किनभने महिला भनेका जसले आफ्नो गर्भमा बच्चा राखेर नौ महिनासम्म बडो प्रसब पिडा सहेर जन्माउछिन अनि फेरी हुर्काउछिन । अनि तिनै महान आमा अपहेलित हुन्छिन किन ? महिलाको सहयोग र योगदान बिना समाज नत अगाडी बड्न नै सक्छ, न बन्छ यो कुरोको पुस्ट्याई कहिले हुने हो र कस्ले बुझ्ने हो ? यहि समानता र उथ्थानका निम्ती उठेका बन्दुकहरु आज किन अधिकार बिहिन बनेर थन्किए ? आज जतिनै ३३र ५०र भने पनि महिलाहरुलाई बन्चित गरि पुरुषहरूको नै हालिमुहाली छ । चुनावी प्रतिनिधिमा पनि देशै भरी उप मेयर उप बाहेकका पद दिईएनन् ।

Maoist women armies in training at Tilla, Rolpa
The so-called People’s War was launched in February 1996 with meager weapons such as axes, Khukuri (sharp Nepali knife) and battered rifles.
Initially dismissed as a small group of insurgents without arms power and public support, a decade on, it is estimated that the Maoist Guerrillas number 10,000 and they, themselves, claim the figure to be 36,000.
Armed with sophisticated weapons like AK-47s, .303s, Heckler & Koch G36, Indian INSAS, American M-16s and Mortars, mostly snatched from the Nepali Army, The Maoist People’s Liberation Army (PLA) is now a recognised global terrorist movement.
Their conflict has claimed over 13,000 lives and has torn asunder the tiny Himalayan nation sandwiched between two giants China and India.
The two main Maoist leaders Prachanda a.k.a. Pushpa Kamal Dahal and Dr. Baburam Bhattarai are negotiating for peaceful resolution with a seven party government in Kathmandu after they declared ceasefire three months ago.
The seven party government was formed after a popular uprising in April that forced King Gyanendra to cede power.
Where: Nepal
When: 26 Jul 2006
Credit: WENN

एक दुई बाहेक अरु उच्च स्थानमा पृतृसत्तात्मक चिन्तन नै हाबी छ । त्यसैले जब सम्म महिला स्वयम यसको लागी लड्दैन तब सम्म पुरुषबादी चिन्तन नै हाबी हुन्छ रहन्छ । जुन बर्ग समुदाय पीडित हुन्छ त्यही बर्ग नै फेरी उठ्न जरुरी छ अन्यथा मुक्ति र अधिकारका कुराले कुनै अर्थ राख्दैन ।

महिलाहरु बिहानदेखि बेलुकासम्म खटिरहँदा पनि उनको कामको कुनै कदर र मुल्य छैन । बिहान उठ्न,े घर परिबारलाई चिया पानी इच्छा अनुसार अनेक भेराईटी बनाउनु अनि बाहिर घाँस दाउरा गर्न जान पर्ने घर गोठको कामकाज अनि बेलुका फेरी घर भान्छा सघाउन पर्ने तर आफु पुगे खाने नपुगे नखाने अनि त्यसैमा मन बुझाउन पर्दा महिलाहरु आफु सधै हेपिएको ठगिएको अबस्थामा नै दिन ब्यतित गर्न बाध्य छन ।

तर घर श्रीमान दिनभरी बाहिरी काम अथवा जागिर गरेर आउछ श्रीमती घर मेलापात गरि बिहान उठेदेखि बेलुकासम्म खटिरहदा पनि उस्ले के काम गर्न हुन्छ भन्दा घरमा नै बस्नुहुन्छ भन्ने किसीमका भनाईहरु सुन्न पर्दा आफ्नो कामको कुनै मुल्य कदर नहुदा इज्जत र प्रतिष्ठामा नै ठेस लाग्छ नै । जागिर खाने र बाहिरको पुरुषको कामलाई मात्र काम भन्दा महिलाहरु मानसिक रुपमा अपहेलित र आफूलाई तुच्छ सम्झेको ठान्छ्न । पितृसत्तात्मक चिन्तनले बनाएका कानुन र अधिकारले महिलाहरुलाई सबैक्षेत्रमा बाँध्ने मुख्य प्रविधि कारण नै हो । महिलामुक्ति र दश बर्षे जनयुद्ध मोर्चाले जन्माएको अधिकार अन्ततोगत्वा चुलो चौकामा नै फर्काएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर