संसदबाट एमसिसी अनुमोदन नगर्न सभामुखलाई ज्ञापनपत्र

संसदबाट एमसिसी अनुमोदन नगर्न सभामुखलाई ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेतृत्वको नौ दलीय गठबन्धनले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार सिंहदरबारमा सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दबाब दिएको दावी गरेको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलसहितका नेताहरूले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले एमसिसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे ।