प्राध्यापकद्वय यादवले भने– ‘हामी क्रान्तिकारी माओवादी निकट प्राध्यापक संगठनमै आबद्ध छौं’

प्रकाशित मिति : २०७६ माघ ४


काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका तत्कालीन महासचिव शिवनारायण यादवले छरेको भ्रमको खण्डन गर्दै प्राध्यापकद्वय डा. किशोरी यादव र चिदानन्द महात्मान यादवले एक वक्तव्य जारी गरी आफूहरु नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनमै आबद्ध रहेको स्पष्ट पारेका छन् र अविचलित रुपमा यसै संगठनमा रहिरहने दृढता पनि व्यक्त गरेका छन् ।

दशवर्षे महान जनयुद्धका घाइते, अपाङ्ग, सहिदहरुको बलिदान, त्या, समर्पण र ती महान लक्ष्यहरुलाई कदापि बिर्सन नसक्ने भन्दै प्राध्यापकद्वय यादवले वक्तव्यमा भनेका छन्, “प्राध्यापकहरुको पेशागत हकहितको पूर्ण सुरक्षा नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट मात्र हुने हुँदा सम्पूर्ण सम्पूर्ण देशभक्त तथा प्रगतिशील प्राध्यापकहरुलाई यस वैचारिक संगठनमा आवद्ध हुन अपील गर्दछौं ।”

मधेसी समुदायका प्राध्यापकहरुको समस्याबारे विभिन्न राजनीतिक पार्टीका मुख्य नेतृत्वको ध्यानाकर्षण गराउने कार्यक्रमलाई नै पौष २४ गते तत्कालीन संगठनका महासचिव शिवनारायण यादवले डबल नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पार्टी प्रवेश कार्यक्रम भनेर समाचार सम्प्रेषण गराएको भन्दै उनीहरुले शिवनारायण यादवको त्यस्तो कार्यलाई घृणित कार्य भन्दै मधेसी समुदायका प्राध्यापकहरुलाई सजग रहन वक्तव्यमा हार्दिक अनुरोध गरिएको छ ।