काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको ३ नं. प्रदेशको प्रथम सम्मेलन भोलि (शनिबार) ललितपुरको कुपण्डोलमा हुँदैछ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा हुने सम्मेलनलाई नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
‘राष्ट्रिय स्वाधीनता र पहिचानसहित नेवाः राज्य स्थापनाको लागि सशक्त संघर्ष सञ्चालन, नेवाः आदि भूमि, भाषा, कला, संस्कृति, सम्पदा, रोजगारी, अतिक्रमणका विरुद्ध प्रदेश सम्मेलन” भन्ने मूल नाराका साथ हुने सम्मेलनमा ३ नं. प्रदेशका प्रायः सबै जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनलाई लक्षित गरी नेवाः मोर्चाले काठमाडौं र ललितपुरको सम्मेलन सम्पन्न गरिसकेको छ भने नुवाकोट, चितवनर सिन्धुपाल्चोकमा भेला सम्पन्न गरिसकेको छ । अन्य जिल्लाहरुमा भने सम्मेलन लगत्तै भेला वा सम्मेलन सम्पन्न गरिने जनाइएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले उत्पीडित जातीय पहिचानको आधारमा संघीय प्रदेशहरु कायम गरिनुपर्ने माग अगाडि सार्दै आएो छ । ३ नं. प्रदेशको नाम बागमती राखिएको प्रति पनि यो मोर्चाले कडा विरोध जनाउँदै आएको छ । स्मार्ट सिटी, सडक विस्तार तथा फास्टट्रयाकको नाममा स्थानीय नेवाः समुदायको पहिचान झल्कने ऐतिहासिक तथा धार्मिक सम्पदा विनास गरेको, नेवाः समुदायको भूमि अतिक्रमण गरी अस्तित्व नै नामेट गराउन खोजिएको भन्दै त्यसको जोडदार विरोध समेत गर्दै आएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर