१८ पुस, काठमाडौं । चीनले अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्तर्गतको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय दबाबमा नभई नेपालले स्वतन्त्र रुपमा निर्णय लिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
नेपालका लागि चिनिया राजदूत होउ यान्कीले आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

हार्दिक शुभकामना !

पत्रकार सम्मेलनमा राजदुत होउले त्रिदेशीय सहकार्यको विषयमा टु प्लस वानको अवधारणाबारे पनि प्रष्ट पार्दै भनिन्, ‘टु प्लस वान भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा नै हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन् ।

असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा चीनले त्रिदेशीय सहकार्यका लागि टु प्लस वानको अवधारणा अघि सारेको थियो ।
हालै नेपालमा पक्राउ परेका चिनीया नागरिकहरुको विषयमा पनि उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैरपर्यटकको काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार