सीमा रक्षाका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा देजमाेमाथि प्रहरी यसरी उत्रियो दमनमा (हेर्नुस् फोटोफिचर)

सीमा रक्षाका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा देजमाेमाथि प्रहरी यसरी उत्रियो दमनमा (हेर्नुस् फोटोफिचर)

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भारतीय विस्तारवादद्वारा अतिक्रिमित भूमि फिर्ताको माग गर्दै देशव्यापी रुपमा आन्दोलन उठान गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका विरुद्ध राज्य निर्मम दमनमा उत्रिएको छ ।

राष्ट्रिय स्वाधीनताको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलाबाट नाराजुलुससहित सिंहदरबार जाने क्रममा निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरी दमनमा उत्रियो ।

लाठिचार्जबाट नेताहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत दर्जनौं नेताहरु घाइते हुन पुगे भने नेताहरु सीपी गजुरेल, परि थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत दर्जनौंलाई गिरफ्तार गरियो ।