अखिल (क्रान्तिकारी)ले बुझायो सैनामैना नपामा ज्ञापन पत्र

अखिल (क्रान्तिकारी)ले बुझायो सैनामैना नपामा ज्ञापन पत्र

 


बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी,रुपन्देहीले सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीलाई आज ज्ञापन पत्र बुझाएको छ । मोहन बैद्य नेतृत्वको पार्टी नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले प्रमुख कार्कीलाई आज ज्ञापन पत्र बुझाएको हो । संगठनका केन्द्रीय सचिव महेश श्रेष्ठ,रुपन्देही अध्यक्ष सग्राम भ्यू थापा,रुषपेन्द्र गाहा,खुमबहादुर गाहा सम्मिलित प्रतिनीधि मण्डलले कार्कीलाई ज्ञापन पत्र बुझाएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

कार्कीलाई बुझाएको चार बुंदे ज्ञापनपत्रमा नगरपालिकाले खेलकुद र अन्य प्रयोजनका लागि लिएको पर्राेहा माविको सांढे ३ बिघा जग्गा तत्काल फिर्ता गर्नुपर्ने,संस्थागत विद्यालयले लिएको वढि शुल्क फिर्ता गराई सम्बन्धित स्कूललाई कारवाही गर्नुपर्ने,दश प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्नुपर्ने र राज्य कोषबाट तलब खाएका र जनप्रतिनीधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गर्नुपर्ने रहेका छन् ।संगठनले बुझाएको मागको सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रिने यूनियनले चेतावनी दिएको छ ।