काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ३ को राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । प्रशिक्षण तथा प्रदेश बैठकले भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध चार महिने लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत सीमा बचाउ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पुषको ६, ७ र ८ मा सम्पन्न प्रशिक्षण तथ बैठकले लिएका महत्वपूर्ण निर्णय सार्वजनिक जानकारीका लागि सो पार्टीका प्रदेश सेक्रेटरी प्रवेशले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
९ पुषमा जारी विज्ञप्तिमा प्रशिक्षण र बैठक दुई चरणमा सम्पन्न भएको उल्लेख गर्दै पार्टीको आगामी योजना अन्तर्गत विचार, राजनीति, संगठन, संघर्ष र आर्थिक पक्षलाई समेटेर “कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायत सीमा बचाउ” अभियान संचालन गर्ने निर्णय गरिएको जनाइएको छ ।

विज्ञप्तिमा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्त बनाउने, जनसम्बन्ध सुदृढ गरी संगठन मजबुत बनाउने, नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न भूमिका खेल्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।

हार्दिक शुभकामना !

अभियान पुषदेखि चैत्रसम्म सञ्चालन हुने छ । अभियानको प्रथम चरणमा बैठक प्रशिक्षण, दोस्रो चरणमा सापेक्षित केन्द्रीकरण र तेस्रो चरणमा संघर्ष हुनेछ । अभियानमा क्रान्तिकारी संयुक्त मोर्चा, जनवर्गीय संगठन र जातीय मोर्चाहरु सबैलाई सहभागी बनाई भारतीय विस्तारवादी हस्तक्षेप र दलाल तथा नोकरशाही वर्गको सरकारको विरोधमा आन्दोलन केन्द्रीत गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :  

“हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ३ नं प्रदेश समितिको प्रशिक्षण तथा बैठक प्रदेश सचिव क. प्रवेशको अध्यक्षतामा दुई चरणमा यही पुष ६, ७ र ८ गते बसी सम्पन्न भयो । प्रथम चरणको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि पार्टीका महासचिव क. किरण तथा दोस्रो चरणको बैठकका प्रमुख अतिथिका रुपमा पार्टीका स्थायी समिति सदस्य तथा मध्य व्युरोका इन्चार्ज क. गौरव रहनुभयो । प्रदेश बैठकले लिइएका महत्वपूर्ण निर्णयहरुको सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१) दुई चरणमा सम्पन्न प्रदेशको प्रशिक्षण तथा बैठक अन्तर्राष्ट्रिय गीत गायनसहित शुरु भयो । तत्पश्चात् लगतै महान् जनयुद्ध लगायत देशमा भएका न्यायपूर्ण आन्दोलनहरुमा शहादत प्राप्त गर्नु हुने महान् शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली तथा वेपत्ता योद्धाहरु प्रति सम्मान गरी शुरु भयो ।
२) पुष ६ गते प्रथम चरणको प्रशिक्षण कार्यक्रममा महासचिव क. किरणबाट भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णयहरु तथा पारित राजनीतिक प्रस्तावमा केन्द्रीत रहेर ३ नं. प्रदेश समितिलाई प्रदान गरिएको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । उक्त कार्यक्रममा स्थायी समितिका सदस्य तथा मध्यव्युरो इन्चार्ज क. गौरवबाट पनि प्रशिक्षणात्मक मन्तव्य राख्ने काम भयो ।
३) पुष ७ र ८ गते दोस्रो चरणमा भएको बैठकमा प्रदेश सक्रेटरी क. प्रवेशबाट आगामी योजना अन्तर्गत विचार, राजनीति, संगठन, संघर्ष र आर्थिक पक्षलाई समेटेर “कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायत सीमा बचाउ” अभियान संचालन गर्ने प्रस्ताव पेस भयो । उक्त प्रस्तावमाथि छलफल भई परिमार्जन सहित प्रस्ताव एक मतले पारित भयो । पारित प्रस्तावको मुख्य विषयहरु यस प्रकारका छन् ः
क) अभियानको उद्देश्यमा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्त बनाउने, जनसम्बन्ध सुदृढ गरी संगठन मजबुत बनाउने, नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न भूमिका खेल्ने ।
ख) अभियान पुषदेखि चैत्रसम्मको ४ महिने अभियान हुने । प्रथम चरणमा बैठक प्रशिक्षण, दोस्रो चरणमा सापेक्षित केन्द्रीकरण र तेस्रो चरणमा संघर्ष हुनेछ । अभियानमा क्रान्तिकारी संयुक्त मोर्चा, जनवर्गीय संगठन र जातीय मोर्चाहरु सबैलाई सहभागी बनाई भारतीय विस्तारवादी हस्तक्षेप र दलाल तथा नोकरशाही वर्गको सरकारको विरोधमा आन्दोलन केन्द्रीत गर्ने ।
ग) अभियानको दौरानमा पर्ने माओ दिवश (पुष १०), बलिदान दिवश (पुष १९), भक्तबहादुर स्मृति दिवस (पौष २७), जनयुद्ध दिवश (फागुण १), सहिद सप्ताह (फागुण १४— २१), अन्तराष्ट्रिय श्रमिक महिला दिवश (फागुण २५), साँस्कृतिक प्रतिरोध दिवश (चैत्र ५) र जनआन्दोलन दिवश (चैत्र २४) मनाउने ।
४) बैठकमा उपस्थित पिविएमहरु क. सागर र क. प्रभाकिरणबाट पनि बैठकलाई सम्बोधन गर्दै संंिक्षप्त मन्तव्य राख्ने काम भयो ।
अन्त्यमा बैठकका अध्यक्ष क. प्रवेशले सम्पूर्ण अतिथीहरुलाई धन्यवाद दिदै उपस्थित सबै कमरेडहरुलाई प्रशिक्षण र बैठक भव्य रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा पनि धन्यवाद दिदै बैठकले लिएका महत्वपूर्ण निर्णयहरु कार्यान्वयनका लागि निर्देशन दिएर बैठक समापन गर्नुभयो ।”

प्रतिक्रिया

सम्बन्धित खवर