सर्भर सुत्र ह्याक हुँदा ७५३ वटै स्थानीय तहको डाटा नस्ट

सर्भर सुत्र ह्याक हुँदा ७५३ वटै स्थानीय तहको डाटा नस्ट

काठमाडौं । स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर “सूत्र“ ‘ह्याक’ हुँदा ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट हुन पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ ह्याक भएपछि सबै स्थानीय तहको डाटा नस्ट हुन पुगेको हो ।

सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५÷७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याइएको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सर्भर ह्याक भएको छ ।

२०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सुत्र लागू गर्ने निर्णय गरेका थियो। ‘सुत्र’ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकेको बताइएको छ ।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र लेखेर जानकारी गराइसकेको बताएका छन् । अनलाइन प्रविधिमा आधारित यो प्रणाली सञ्चालनका लागि इन्टरनेट सुविधा अनिवार्य हुन्छ । स्थानीय तथा प्रदेश सरकारलाई पेफाले ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराउँछ । यसरी पहुँच स्थापित भएपछि एउटै प्रणालीमा आधारित भई बजेट निर्माण, लेखा व्यवस्थापन र प्रतिवेदन निर्माण गर्न सक्छन् । हरेक स्थानीय तहले ७ लाखदेखि ४० लाखसम्म खर्च गरेर सुत्र सिस्टम जोडेका थिए ।