क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रदेश सम्मेलन पाेखरामा सुरु (फाेटाेफिचर)

प्रकाशित मिति : २०७६ मंसिर १८

- रामकुमार श्रेष्ठ

 

पाेखरा । नेकपा (क्रान्तिकारी माओवादी)काे प्रदेश ४ काे प्रथम प्रदेश सम्मेलन पाेखरामा सुरु भएकाे छ ।

सम्मेलनकाे क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घघाटन गरेका छन् । सम्मेलन खुला सत्र र बन्ल सत्र गरी  दुई दिनसम्म चल्ने  क्रान्तिकारी माओवादी प्रदेश ४ का ईन्चार्ज एवम् सेक्रेटरी अटलले बताए । सम्मेलन पाेखराकाे रामबजार स्थित लक्ष्मी ब्याङ्कटमा सुरु भएकाे छ ।

२ दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
सम्मेलनमा नवलपुर, कास्की, तनहू, गाेर्खा, लम्जुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, म्याग्दीका पाँच सय बढी प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ।