सभामुख महराले दिए राजीनामा

प्रकाशित मिति : २०७६ आश्विन १४

काठमाडौं । सभामुख कृष्णबहादुर महराले अन्ततः पदबाट राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेका उनलाई सत्तारुढ पार्टी डबल नेकपाको सचिवालयको बैठकले गम्भीर गल्ती गरेको भन्दै सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न निर्देशन दिएपछि सभामुख महराले सभामुख र सांसद पदबाट राजीनामा दिएका हुन् ।
सभामुख महरालाई उनकै सचिवालयमा कार्यरत महिला रोशनी शाहीले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उक्त प्रकरणको छानविनका लागि सहज बातावरणका लागि सभामुख महरालाई पदबाट राजीनामा गर्न लगाएको डबल नेकपा स्रोतले बताएको छ ।

उपसभामुखलाई बुझाइएको राजीनामामा आरोपको निष्पक्ष छानविनका लागि नैतिकताको आधारमा राजीनामा दिएको व्यहोरा उल्लेख गरिएको छ ।