किसान महासंघ (क्रान्तिकारी) ललितपुरको संयोजकमा प्रेम डंगोल

प्रकाशित मिति : २०७६ भाद्र १४

ललितपुर । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को एक भेलाले ललितपुरको संयोजकमा प्रमे डंगोललाई चयन गरेको छ । ललितपुरको कुपण्डोलमा शनिबार भएको भेलाले उनलाई संयोजकमा चयन गरेको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) किसान महासंघ (क्रान्तिकारी)को उक्त कमिटिका सदस्यहरुमा भेलाले मोहन लामा, पासाङ दोङ, सुनिल वाइवा, बाबुलाल लोप्चान लगायतलाई चयन गरेको छ । भेलाले पछि ४ सदस्य थप्ने गरी ९ सदस्सीय भेला आयोजक कमिटि निर्माण गरेको हो । भेलाले माघ महिनामा जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको छ ।
भेलामा क्रान्तिकारी माओवादीका केस तथा जिल्ला इन्चार्ज क्षितिज, सेक्रेटरी दिपक, सचिवालय सदस्य विश्वास लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


पार्टीको केन्द्रीय योजना अनुसार भदौं ७ गतेबाट जारी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत किसान महासंघ (क्रान्तिकारी)को जिल्ला कमिटि गठन गरिएको पार्टी सचिव दिपकले जानकारी दिए । उनका अनुसार जारी अभियानको क्रममा संगठन विस्तार र संघर्ष उठानको लागि आधार निर्माण भइरहेको छ ।