Illustration: Ratna Sagar Shrestha/ THT

काठमाडौँ । भाद्र १२, २०७६ का दिन सरकारले विवादित नेपाल मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रियसभामा प्रस्तुत गरेको छ । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेका छन ।

महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ गते राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक विरोधका कारण अगाडि बढ्न सकेको थिएन । नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो ।
मिडियाले सबै खाले अनुगमन गर्ने अधिकार मिडया काउन्सिलललाई दिने, काउन्सिलको अधिकार र कारबाही गर्ने विषय लगायत मिडिया काउन्सिललाई थप मजबुद बनाउने विषयहरु विधेयकमा उल्लेख भएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर