काठमाडौं । पार्टीका केन्द्रीय सल्लाहकार सदस्य राममणि शर्माको स्वास्थ्य स्थिति बुझ्न नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल पुगेका छन् । दम र निमोनियाबाट पीडित ७२ वर्षीय सल्लाहकार शर्मा भेरी अस्पतालमा केही दिनदेखि उपचार गराइरहेका छन् । महासचिव किरणले शुक्रबार अस्पताल पुगी सल्लाहकार शर्माको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् र शर्माको स्वास्थ्य लाभको कामना गरेको महासचिव सँगै अस्पताल पुगेका पार्टीका पीविएम संकुलले जानकारी दिए ।
बर्दियाको ठाकुरबाबा–४, बर्गटा निवासी शर्मा पुराना र स्थापित कम्युनिस्ट नेता हुन् । उनले चौथो महाधिवेशनपछि तत्कालीन पार्टीको केन्द्रीय समिति सदस्यको जिम्मेवारीमा रहेर काम गरेका थिए । पारिवारिक समस्याका कारण पार्टीको केन्द्रीय जिम्मेवारी परित्याग गरेपनि शर्मा कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धारमा निरन्तर अडिग रहँदै आएका नेता हुन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर