काठमाडौं । २९ साउनमा उद्घाटन गरिएको नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंको ‘काठमाडौं मार्च अभियान’ अन्तर्गत शुक्रबार काठमाडौंको बसुन्धरा चोकमा सन्देश सभा सम्पन्न गरिएको छ । सन्देश सभालाई नेकपा (क्रान्तिकारी माओवादी)मा स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सम्बोधन गरेका थिए ।

हार्दिक शुभकामना !

सभाको प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष गजुरेलले राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरु विकराल बन्दै गएको र वर्तमान सरकारले यी समस्याको समाधान गर्न नसक्ने हुँदा मुलुकमा अर्को क्रान्ति अपरिहार्य बनेको विश्लेषण गरे । ‘अब नेपालमा अर्को क्रान्ति अति जरुरी भइसकेको छ’ अध्यक्ष गजुरेलले भने, “अब हुने क्रान्तिको नेतृत्व गर्न क्रान्तिकारी माओवादी तयार छ ।”

ग्राण्डी अस्पतालबाट ¥यालीसहित निस्किएको क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुको जुलुस बसुन्धरा चोकमा आएर सन्देश सभामा परिणत भएको थियो । पार्टीको उत्तरी संयुक्त नगर कमिटिको सेक्रेटरी ज्ञानेन्द्र प्रजापतिले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उक्त कमिटिका इन्चार्ज पदम भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य गोपाल कार्कीले राखेका थिए । सभामा जारी काठमाडौं मार्च अभियानको बारेमा पार्टीकी केस तथा काठमाडौं जिल्ला सचिव सरुले चर्चा गरेकी थिइन । सभामा पार्टी केस हस्तबहादुर केसी, देजको काठमाडौं जिल्ला अध्यक्ष खगेन्द्र छन्त्याल, अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपानेलगायतका नेताहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर