चितवन । ‘विषादीयुक्त फलफूल तथा तरकारीको प्रयोगले मानव स्वाथ्यमा पार्ने असर र राज्यको दायित्व’ बिषयक अन्तरक्रिया कार्यक्रम चितवनमा शनिबार सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान माहासघ (क्रान्तिकारी) चितवनले कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजना गरिएको कार्यक्रममा किसान महासंघ (क्रान्तिकारी)मा महासचिव धनेश्वर पोखरेलले नेपालमा किसानहरुको समस्या समाधान गर्न कृषि क्रान्ति तथा नयाँ जनवादी क्रान्तिको आवश्यकता रहेको चर्चा गरेका छन् ।
चितवनका किसान, कृषिविज्ञ, बुद्धिजीवी तथा स्वास्थ्यकर्मीहरुको उपस्थितिमा भएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै र आयोजकको तर्फबाट अन्तक्र्रिया कार्यक्रमको विषय प्रस्तुत गर्दै महासचिव पोखरेलले नेपालमा भूमिको सही व्यवस्थापन नभएको, गैरकिसानहरुसँग भूमि अत्यधिक रहेकोले खेतीयोग्य जमिन बाँझै रहेको र प्लटिङ तथा खण्डीकरण गरी माफियाहरु हावी रहेकोले किसानहरुको समस्याको वास्तविक समाधानका लागि क्रान्ति अपरिहार्य रहेको बताए । उनले भारतीय विस्तारवादसामु सरकार झुकेका कारण आफ्नै निर्णयमा समेत अडान राख्न नसकेको र विषादीयुक्त फलफूल र तरकारी विना परीक्षण नेपाल भित्रिदा त्यसले मानव स्वास्थ्यलाई गम्भीर असर पु¥याइरहेको भन्दै जनताको स्वास्थ्यप्रति सरकार जिम्मेवार नरहेको आरोप लगाए ।
कार्यक्रममा उपस्थित चिकित्सक डा.गंगा सापकोटाले खाद्यवस्तुमा बढ्दो विषादीले मानवस्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको चर्चा गर्दै राज्य र सम्बन्धित कृषि व्यवसायीहरु यस विषयमा गम्भीर नहुने हो भने अबको दशवर्षमा प्रत्येक घरमा कम्तिमा १ जनाको क्यान्सर र मृगौलाका रोगी पैदा हुने चेतावानी दिए । अहिले क्यान्सर र मृगौला रोगका विरामी बृद्धि हुनुमा विषादीयुक्त तरकारी तथा फलफूलको उपभोग नै मुख्य कारण रहेको उनको दावी थियो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषकहरुमा विषादी प्रयोगसम्बन्धी जनचेतनाको कमी हुँदा जथाभावी विषादीको प्रयोग हुने गरेको भन्दै विषादीको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए ।
त्यस्तै अन्तक्र्रिया कार्यक्रममा परियोजनाका सञ्चालक समितिका सदस्य बलराम राउत, कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठ, केरुङ्गा फलफूल तथा ताजा तरकारी उपभोक्ता सहकारीका जनकपुरी, देशभक्तजनगणतान्त्रिक मोर्चा, नेपालका चितवन अध्यक्ष बाबुराम परियार, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक अनन्त सुवेदीलगायतले विषादीयुक्त फलफूल तथा तरकारीको आयात र उपभोगलाई निरुत्साहित गरी मानवस्वास्थ्यप्रति राज्य गम्भीर र जिम्मेवार बन्नुपर्ने विचार व्यक्त गरेका थिए ।
किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक प्रकाशबाबु खनालको अध्यक्षता तथा अमीत सापकोटाको सञ्चालनमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)की पिविएम तथा चितवन जिल्ला इन्चार्ज अम्बिका मुडभरी, सेक्रेटरी अशोक शर्मा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर