झर्रोटर्रो : अर्धपागल, मेलम्ची र थप्पड

प्रकाशित मिति : २०७६ श्रावण २८

- कैलुब्राह

१. शुक्रबार काठमाण्डु खाल्टोको पग्र्या पर्तिष्ठान अर्थात् भत्ताश्रम भवनको गफाडी हलमा धुरुन्धर साहित्यकारहर्को जमघट भयो । पग्र्या पर्तिष्ठानहरू सत्तामा रहेका, रहिसकेका र रहने लाइनमा बसेका पाटीका वृद्ध साहित्यकारहर्ले सरखारी भत्ता थापेर ‘स्वर्ग’ जाने टिकेट पर्खेर बस्ने थलो भएकाले त्यसलाई भत्ताश्रम भन्नु काम अन्सारको नाम हुन्छ भन्ने यो कैलुको निष्कर्ष छ । सो भत्ताश्रममा अस्ति एउटा कार्यक्रम थ्यो । कार्यक्रम दुइटा साहित्य उर्फ ‘बौलाहा सङ्ग्रह’को विमोचन गर्ने थ्यो । त्यहाँ साहित्य लेख्न पागल अर्थात् बौलाहा हुनुपर्ने कुरो गरिएको र बौलाउन आग्रह गरिएको हुनाले साहित्यिक कितावलाई बौलाहा सङ्ग्रह भन्नु उपयुक्त देखिएकोले अव उप्रान्त साहित्यिक सङ्ग्रहलाई बौलाहा सङ्ग्रह भन्नु पर्ने यो कैलुको प्रस्ताव छ ।
कार्यक्रममा एक थान कविले ‘बौलाहा सङ्ग्रह’को गुनगान गाउने र पूmलबुट्टा भर्ने क्रममा सो कार्यक्रममा प्रमुख अतिथि बनेर गएका सरखारी नेकपाका दुइनम्बरी अदक्षलाई बौलाउन आग्रह गरिन् । कवि जस्तै बौलाएमा राजनीति पनि अब्बल बन्ने उनको दर्शन रहेछ । अर्थात् कवि कलाकार वा साहित्यकारहरू सबै बौलाहा हुँदा रहेछन् । गाँठी कुरो बल्ल खुल्यो । राजनीतिमा सरखार विरुद्ध लड्नेबेला वा सरखारमा जान भ¥याङ बनाउने बेला सबै पाटीले कलाकार र साहित्यकारहर्लाई अगाडि लाउँचन्, जब पाटी सरखारमा जान्चन् तब कलाकार साहित्यकारहर्लाई लात्तीले बुङ्ङ्ङ्ङ हिर्काउँचन् । किन यसो गर्चन् भनेको त तिनीहरू त बौलाहा रहेछन् र पो पाटीले पाखा लाउँदा रैचन् । बौलाहालाई सज्जनले साथमा लिने त कुरै भएन । त्यै भएर दुइनम्बरी अदक्षले आपूmलाई बौलाउन आएको आग्रह अस्वीकार गरे । कत्रो सपना बोकेर राजनीतिमा लागेका अदक्ष जानी जानी बौलाउने बाटोमा किन लाग्ने ? संविधान बदलेर रैतीजनबाट चुनिएर मुलुकको शक्तिशाली कार्यकारी महाराज बन्ने कत्रो धोको छ उनको । कसैले बौलाउन आग्रह गर्दैमा बौलाउने कुरो त आएन । बौलाएर के साहित्कार कलाकारझैँ जन्दगीभर सडकछाप बन्नु छ र ?


२. त्यो धुरुन्धर कार्यक्रममा अर्का धुरुन्धर साहित्यकार सत्य युगका सत्यबुढाले तिनै दुइनम्बरी अदक्षलाई अर्को आग्रह गरे । उनले काठमाण्डु खाल्टोका काकाकुलहर्लाई मेलम्चीको पानी ल्याएर छिटो पिलाउन आग्रह गरे । आफ्नी ब्वारी पानी मन्तरी भएका बेला छिटै मेलम्चीलाई खाल्टोमा छिराउनुस् र लोकप्रिय बन्नुस् भने । उनको आग्रहलाई दुइनम्बरीले मेलम्चीबारे आफूलाई केही बोल्नु छैन भनेर पन्छिए । कुरो ठिकै हो । किन ल्याउने मेलम्ची ? जार र बोतलमा पानी भरेर घरघरमा, दुकान दुकानमा पु¥याउने तेत्रा पानीका हजारौँ उदोग, हजारौँ ट्याङ्कर ब्याबसायीहर्लाई ठाडै सुकाएर मार्नु छ र मेलम्ची ल्याउने ? मेलम्ची ल्याएर मन्तरीहरू र सरखारी पाटीका लाउके नेता ऐलेसम्म पटक पटक सरखार चलाएका ठुला पाटीका बडेबडे नेतालाई फाइदा हुने हैन । उनीहर्ले त्यो खोलाको पानी खाने पनि हैनन् । क्यार्न ल्याउन प¥यो मेलम्ची खोलाको पानी ?
मेलम्चीको पानी खाने भनेको गरिब गुरुवाहर्ले हो । तिनीहरू त ऐलेसम्म जेजसरी भए पनि बाँचेकै त छन् । पानी खानै नपाएरै कोइ मरेको रेकर्ड पनि त छैन । सरखारी पाटीका ठुला नेतालाई त बरू पानी हैन पैसा चाहिन्च । मेलम्चीको पानीले उनरुलाई पैसा दिन्न क्यारे । बरू पानी उदोग र ट्याङ्कर ब्यापारीहर्ले पो पैसा दिन्चन् । चुनाउमा पैसा चाहिन्च । भोट किन्न तिनै मेलम्चीको पानी खोज्ने काकाकूलहर्लाई पैसा दिन पर्च । मेलम्चीको पानी खान नदिए पनि सोमरसको पानी किन्ने, राँगा भैँसीका चौटा किन्ने पैसा दिए तिनले जति पनि भोट दिइहाल्चन् । यो कुरा नेताहर्लाई राम्रैसँग था’छ क्यारे । मेलम्ची नल्याउनेलाई भोट दिन्नम् भनेकै छैनन् । मेलम्ची नल्याए पनि खाल्टोका मनुखेले भोट दिने तिनैलाई हो । त्यै भएर मेलम्ची ल्याउन भन्दा पानी उदोग र ट्याङ्कर उदोग फस्टाउन दिन्चन् नेताले । यती कुरा ति सतिपुर्खे बुढाले किन नबुझेका होलान् । सायद पानीसँस्कृति बुझेका रहेनछन् बुढाले ।
३. शुक्रबार भएको एउटा कार्यक्रममा सरखारी नेकपाका दुइनम्बरी अदक्षले आपूmले ऐलेसम्म कसैलाई एक थप्पड पनि नहानेको र आपूmले पनि एक थप्पड कसैबाट नखाएको कुरा गरे । एक थप्पड पनि नहानेकालाई हत्यारा भनेकोमा उनले निकै दुःख मनाउ गरे । उनले दसबर्खे जनयुद्धमा आपूmले कसैलाई नमारेको सावित बयान पनि गरे । थप्पडै नहानेका मान्छेले कसैलाई मार्नी त झन् कुरै भएन । बन्नुक खुकुरी क्यै नबोकेका मान्छेले कसैलाई मार्नी कुरो पनि त भएन । उनले सोरैआना सही बयान दिएका हुन् । यो कैलुले यदि साँची बयान दिनु प¥यो भने पनि मिस्टर सुप्रिमोले कसैलाई मार्ने न त के, गाली समेत गरेका हैनन् भनेर बयान दिने छ । जनयुद्धमा मान्छे मारेको त जमुसेहर्ले हो । पाटीका ठूला नेता त सुप्रिमो मात्रै हैन अरू कसैले पनि लडाइँ लडेकै हैनन् । मार्नी मर्नी काम त तिनै लडाकाहर्ले गरेका हुन् । नेताहर्ले त लेख्ने, पढ्ने, भासन गर्ने, पर्सिक्षन दिने काम मात्रै गरेका हुन् । तिनलाई हत्यारा भन्नेहरू सामन्तवादका दलाल हुन् । सत्ता खोस्यो भनेर मुर्मुरिएका, भुटभुटिएका फटाहा हुन् । अर्काले खाएको देखिनसहने बरू तिनै हुन् हत्यारा ।
सुप्रिमोले लड्नु त के अरू लडेको समेत देखेका हैनन् । उनी त रोटीबेटीको साइनो जोडेर छिमेकीका ठुलाठुला सहराँ बसेका हुन् । डिल्ली, बम्मै, गुआ, पन्जाब, लखनऊ, बनारस, कलकट्टा, कानपुर, नोइडा जस्ता ठुलठुला सहराँ बसेर लेखापढी गरेका नेतालाई हत्यारा भन्दा त यो कैलुको पनि कन्सिरीका रम ठाड्ठाडा भएर आउँचन् । कम्ता रिस उठ्च ? जनयुद्ध लड्न पर्च भनेर अरूलाई भनेको पो हो आफैँले जनयुद्ध लडेको त हैन नि ।
२५ साउन २०७६