कम्युनिस्ट आन्दोलनले सामना गर्नुपरेका केही महत्वपूर्ण सवालहरु

प्रकाशित मिति : २०७६ श्रावण ८

- प्रितम

वैचारिक संघर्षमा सुस्तता

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सन १८४८ मा कम्युनिस्ट घोषणा–पत्र प्रकाशमा ल्याएको डेढ शताब्दीभन्दा बढी समय बितिसकेको छ र यस अवधिमा कम्युनिस्ट आन्दोलनले विश्वभर क्रान्ति र प्रतिक्रान्तिका सन्दर्भमा अनगिन्ति उतार–चढ़ाव एवं घुम्ति र मोडहरु बेहोरेको छ, भनाइको तात्पर्य, युगान्तकारी प्रथम सोभियत समाजवादी राज्यको स्थापनादेखि चिनियाँ नयांजनवादी क्रान्ति सम्पन्न भएकोछ भने पूर्व सोभियत संघ र पूर्वी युरोपमा संशोधनवादको पतनदेखि लिएर चीनमा प्रतिक्रान्ति र पुँजीपन्थीहरुको पुनस्र्थापनासम्म भैसकेका छन् ।

रुसमा निकिता ख्रुश्चेभदेखि प्रारम्भ भएर मिखाईल गोर्वाचोभसम्म आइपुग्दा माक्र्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा परित्याग गर्दै सोभियत संशोधनवादको बिसर्जन हुन पुग्यो । चीनमा देङ मण्डलीले “एक देश, दुई व्यबस्था” र “बिरालो कालो वा सेतो जस्तो भएपनि त्यसले मुसा समात्नु पर्छ” भन्ने अनौठौ नीति अगाडि ल्यायो ।

रुसमा कमरेड स्टालिन र चीनमा कमरेड माओको निधनपश्चात् पार्टी नेतृत्वमा आउन सफल भएकाहरुले सर्वहारा वर्गको अधिनायकत्व, वर्ग संघर्षको निरन्तरता र सत्ता प्राप्तिका लागि बल प्रयोग एवं सशस्त्र संघर्ष जस्ता क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका आधारभूत माक्र्सवादी–लेनिनवादी विचारधारात्मक सिद्धान्तहरुलाई पकड्ने कुराबाट विचलित हुँदै गए ।

चिनियाँ कम्युनिस्ट पार्टीले कमरेड माओको नेतृत्वमा सोभियत संशोधनवादका विरुद्धमा समग्र संघर्ष चलायो जसलाई “महा विवाद” भनेर बुझ्ने गरिन्छ । त्यसपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन क्रमशः चिनियाँ कम्युनिस्ट पार्टी र सोभियत कम्युनिस्ट पार्टीको पक्षमा गरी दुई शिविरमा बाँडिएर विभाजित हुन पुग्यो ।

माक्र्सवादी–लेनिनवादी क्रान्तिकारीहरुका तर्फबाट सबै प्रकारका संशोधन र विचलनका विरुद्धमा विचारधारात्मक संघर्ष चलाउने काममा सुस्तता छाएकोछ । अहिले हामी माक्र्सवाद–लेनिनवादी क्रान्तिकारीहरुको ती सबै प्रकारका संशोधनवाद र विचलनवादी प्रवृत्ति एवं तत्वहरुका विरुद्ध जुध्नका लागि विचारधारात्मक संघर्ष उठाउनु पर्ने नितान्त एवं आवश्यक दायित्व हुन गएको छ ।

स्थापित नेतृत्वको समस्या
कमरेड स्टालिन र कमरेड माओले अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नुभयो र नेतृत्व प्रदान गर्नुभयो । तर कमरेड स्टालिनको निधनको लगत्तै निकिता ख्रुश्चोभ, जो संशोधनवादी थिए, उनले सोभियत संघको कम्युनिस्ट पार्टीको नेतृत्व हत्याए । त्यसैगरी हुवा गुवा फेङ, जो मध्यपन्थी थिए, जसलाई स्वयं कमरेड माओले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा ल्याउनु भएको थियो, उनी पार्टीको नेतृत्व गर्न कमजोर साबित भए र उनी देङ मण्डलीद्वारा छिट्टै नै पार्टी नेतृत्वबाट विस्थापित हुन पुगे ।

कमरेड च्याङ्ग चीङ्ग र कमरेड चान चुन चुवाओ जस्ता क्रान्तिकारीहरु, जो “महान सर्वहारा सांस्कृतिक क्रान्ति”का दौरानमा अग्रणीहरु थिए, उनीहरुलाई पार्टी र राज्यको नेतृत्व दुवैमा पुग्नबाट वञ्चित बनाइएकों थियो । त्यो भन्दा बढी, उनीहरुलाई गिरफ्तार गरेर आजीवन काराबास सजाय दिइयो र बन्दीगृहमा नै उनीहरुले मृत्युवरण गर्नु प¥यो ।
वर्तमानमा कमरेड माओको देहावसान पश्चात अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमाको परिदृश्यमा एक स्थापित नेतृत्वो अभाव खड्किरहेको छ ।

इतिहासको अनुभवहरुले हामीलाई सच्चा नेतृत्व र सहि सिद्धान्त भनेका क्रान्ति सम्पन्न गर्न र त्यसलाई निरन्तरता प्रदान गर्नका निम्ति पूर्व सर्तहरु हुन् भन्ने पाठ सिकाएका छन् । तर, सच्चा नेतृत्व नै कम्युनिस्टहरुद्वारा सत्ता कब्जा गर्नु अगाडि र पछाडिका निम्ति सबैभन्दा महत्वपूर्ण कुरो हो, किनभने, त्यस्तो नेतृत्वले सैद्धान्तिक र नीतिगत गल्ति एवं कमिकमजोरीहरुसँग सम्बन्धित कुराहरुलाई समाधान गर्न सफल हुन सक्दछ ।

व्यक्तित्व पूजाको संस्कृति
कम्युनिस्ट आन्दोलनका साथसाथै कम्युनिस्ट पार्टीहरुभित्र “व्यक्तित्व पूजा”को संस्कृति हावी रहेको छ, र, त्यसले गर्दा सामुहिक नेतृत्वको संस्कृति, जुन माक्र्सवादी–लेनिनवादी संगठनात्मक प्रणालीको एउटा आधारभूत तत्व हो, त्यसलाई तिरस्कार र नजरअन्दाज गरेको छ, र, जसले गर्दा कम्युनिस्ट आन्दोलनलाई निकै हदसम्म हानि पु¥याएको छ ।

बामपन्थी र दक्षिणपन्थी भड्कावहरु
माक्र्सर एंगेल्सको पालादेखि नै कम्युनिस्ट आन्दोलन बामपन्थी र दक्षिणपन्थी दुवै भड्कावहरुबाट प्रभावित हँुदै आइरहेको छ । यस संदर्भमा माक्र्स र एंगेल्सद्वारा लिखित रचना “गोथा कार्यक्रम”नै स्वयं साँक्षी छ । कम्युनिस्ट पार्टीहरु, जसले सहि माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुप्रति लगाव राखे र क्रान्तिकारी भूमिका निर्वाह गरे, तिनीहरु नै सहि मार्गबाट पटक–पटक विचलित भएका छन् ।

दक्षिणपन्थी विचलन नै कम्युनिस्ट आन्दोलनको लागि गम्भिर खतरा रहँदै आएको छ । यसका मुख्य कारणहरु भनेका माक्र्सवादको “रचनात्मक कार्यान्वयन”का नाममा मार्ग निर्देशक सिद्धान्त (माक्र्सवाद–लेनिनवाद), सर्वहारावर्गको अधिनायकत्व, वर्ग संघर्ष र पार्टीभित्र दुई लाईनको संघर्ष, बल प्रयोग र सशस्त्र संघर्षलाई नकार्नु र लगाव नराख्नु नै हो ।

वामपन्थी विचलनलाई भने उग्र “वामपन्थ” एवं त्यसको “तत्काल क्रान्ति” गर्ने अनुरागका रुपमा हेर्न सकिन्छ । र, यसका मुख्य गल्तिहरु भनेका अन्य “मित्र” एवं “भातृ” पार्टीहरुको अन्धानुकरण र यान्त्रिक नक्कल गर्नु हो ।

संकीर्णतावादी प्रवृत्ति
संकीर्णतावादी प्रवृत्ति कम्युनिस्ट आन्दोलन र पार्टीहरुभित्र रहेको समस्याहरुमध्यको एक समस्या हो, जसले गर्दा कुनै गम्भीर विचारधारात्मक भिन्नता विना नै अनावश्यक टुटफुट र विभाजनतर्फ बढाएको छ । त्यसको परिणाम भनेको माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीहरु एवं क्रान्तिकारी शक्तिहरुलाई छिन्नभिन्न पारेर तिनीहरुको शक्तिलाई कमजोर र दुर्बल बनाउनु रहेको छ ।

अन्तरराष्ट्रिय सांगठनिक संरचनाको अभाव
तेस्रो अन्तर्राष्ट्रियको विघटन पश्चात विश्वभरका माराक्सवादी–लेनिनवादी–माओवादी क्रान्तिकारी पार्टी एवं संगठनहरुलाई एक ठाउँमा ल्याउने अन्तरराष्ट्रिय संरचनाको अनुस्पथिति रहेको छ । कमरेड माओले समेत आफ्नो जीवनकालमा एउटा अन्तर्राष्ट्रिय मन्च निर्माण गर्ने दिशामा अगाडि बढ्न सक्नु भएन ।

त्यस प्रकारको एउटा साझा अन्तर्राष्ट्रिय मन्चको अभावले गर्दा मित्र एवं भातृ पार्टीहरुका बिचमा ऐक्यबद्धता निर्माण गर्नुका साथसाथै तिनीहरुका विचमा विचार एवं अनुभवहरुको आदान–प्रदान गर्ने काममा कमि रहन गएको छ । त्यसकारण तत्प्रयोजनका लागि एउटा सांगठनिक संरचना निर्माण गर्नु नितान्त आवश्यक र समयको माग रहेको छ ।

त्यसै गरेर साझा कार्यक्रम र नाराहरुमा आधारित भएर विश्वव्यापी रुपमा उत्पीडि़त जनता र राष्ट्रहरुका पक्षमा संयुक्त संघर्ष र आन्दोलन सञ्चालन गर्न सहकार्य निर्माण गर्नमा कमजोरी रहेको छ ।

क्रान्तिकारी अन्तरराष्ट्रीयतावादी आन्दोलन (रिम) को स्थापना एउटा अन्तरराष्ट्रिय मञ्चका रुपमा एक प्रयास रहेको थियो । तर, रिमको कमिटी (कोरिम) मा रहेका कतिपय पार्टीका कतिपय नेताहरुमा रहेको गलत नीति एवं प्रवृत्तिहरुका कारणले गर्दा त्यसले स्वयंलाई कायम राख्न सफल हुन सकेन र त्यो अहिले लगभग अस्तित्वविहीन हुन पुगेको छ ।

Activists of Communist Party of Nepal (Maoist) perform on a stage during a mass protest rally in Katmandu, Nepal, Saturday, May 1, 2010. Thousands of police in riot gear guarded the streets of Nepal’s capital Saturday where former communist rebels plan to bring in half a million supporters to protest against the government. (AP Photo/Altaf Qadri)

निष्कर्ष

कम्युनिस्ट आन्दोलनले डेढ शताब्दी भन्दा लामो इतिहास पार गरेर आइसकेको छ, र, यस समयावधिमा हामीले अनेकौ युगान्तकारी परिघटनाहरु देखेका, अनुभव गरेका र त्यसबाट गुज्रेका छौं । यी सम्पूर्ण परिघटनाहरुको पृष्ठभूमिमा, आन्दोलन अघि बढ्ने क्रममा कहाँ र कसरी सफलताहरु हासिल भएका छन् र गल्ति एवं कमजोरीहरु हुन गएका छन् भन्ने कुराहरु तर्फ हामीले हेर्नै पर्दछ ।

यस घडीमा, यद्यपि कम्युनिस्ट आन्दोलन एउटा विश्वव्यापी परिघटना भैसकेको छ र कम्युनिस्ट पार्टीहरु विश्वभरका धेरै देशहरुमा अस्तित्वमा रहेका छन् (यो तथ्य सर्व विदितै छ कि एउटै देश भित्र पनि एक भन्दा बढी कम्युनिस्ट पार्टीहरु अस्तित्वमा रहेका र कृयाशिल रहेका छन्) र गतिविधिहरु सञ्चालन गरिहरेका छन्, तथापि तिनीहरुले कुनै विजयोन्मुख क्रान्तिको नेतृत्व गरिरहन सक्षम भएका छैनन् ।

हामीले माक्र्सवादी–लेनिनवादी–माओवादी क्रान्तिकारी पार्टीहरुका बिचमा मैत्रिपूर्ण र भातृत्वपूर्ण सम्बन्धमा कायम राख्न प्रयत्नशील रहनु पर्दछ र त्यसरी विश्व क्रान्तिका निम्ति सिद्धान्तनिष्ठ एकता निर्माणमा अगाडि बढ्नु पर्दछ । हामीले यो उद्देश्यलाई सफल पार्नका लागि केहि हदसम्म परिश्रम गरेका छौं । अब हाम्रो अत्यावश्यक कर्तव्य भनेको सबै प्रकारका गÞैरक्रान्तिकारी विचार र चिन्तनापेक्षी विरुद्ध संघर्ष गर्नका लागि सैद्धान्तिक र सांगठनिक दुवै क्षेत्रमा सम्बन्धलाई मजबुत पारेर अगाडि बढ्नु हो ।

साथसाथै, हामी दैनिन्दिन विश्व मामिलाहरुका सम्बन्धमा पनि जागरुक हुनै पर्दछ र ती मामिलाहरुका बारेमा हाम्रा धारणाहरु अभिव्यक्त गर्नै पर्दछ । त्यसैगरि हामीले आगामी दिनहरुमा सहि मार्ग तय गर्नका निम्ति कम्युनिस्ट आन्दोलनको इतिहासमा भएका सफलता र विफलताहरुको भूतपरीक्षण र आत्मपरीक्षण दुवै गर्नका लागि सैद्धान्तिक छलफलको पहल गर्नै पर्दछ ता कि एउटा साझा अन्तरराष्ट्रिय मञ्च एवं संगठन निर्माणार्थ उपयुक्त अवस्था उत्पन्न हुन सक्नेछ ।