
काठमाडौं । क्रान्तिकारी युवा लिग, नेपालको सिरहा जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । असार ६ र ७ गते मकवानपुरमा सम्पन्न हुन गइरहेको लिगको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गरेर देशभर जिल्ला तथा प्रदेशस्तरीय भेला/सम्मेलन सम्पन्न गर्ने क्रममा सिरहामा पनि जिल्ला सम्मेलन सम्पन्न गरिएको हो ।

सम्मेलनले रामकिशोर दासको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीले राष्ट्रिय सम्मेलनका लागि आइपरेका दायित्व पूरा गरी तोकिएको कोटा अनुसार प्रतिनिधि तथा पर्यवेक्षकहरु पनि छनौट गर्ने बताइएको छ ।




























