काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले ‘त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर, अवैधानिक रुपमा प्रकाशित गरिएको नतिजा खारेज गर’ जस्ता तीन बुँदे माग राखेर जेठ ६ गतेदेखि अनिश्चितकालीन अनसन जारी राखेको छ ।

हार्दिक शुभकामना !

आज अनसनको २० औं दिन हो । अनसनप्रति दिनानुदिन बढ्दो ऐक्यबद्धता र अनसनको निरन्तरताले दबाबमा परेको त्रिवि सेवा आयोगले अनसनको १९ औं दिनमा शुक्रबार अखिल (क्रान्तिकारी)लाई ‘रिले अनन तोडिदिने सम्बन्धमा’ पत्र लेख्दै ‘आयोगको मूलगेटको बाहिरपट्टि विभिन्न मागहरु राखी शान्तिपूर्वक रिले अनसनमा बस्नुभएको एवम् संगठनले उठाएका मागहरु जानकारीका लागि माननीय शिक्षा मन्त्रीज्यू समक्ष पठाइसकिएको व्यहोरा अवगत नै छ । तसर्थ संगठनद्वारा हाल भइरहेको रिले अनसन तोडी सहयोग गरिदिनु हुन’ भनी अनुरोध गरेको छ । शुक्रबारकै मितिमा सहकुलपति तथा शिक्षा मन्त्रीको नाममा ‘आवश्यक जानकारी सम्बन्धमा’ भन्दै लेखिएको पत्रमा आयोगले अखिल (क्रान्तिकारी)को अनसनप्रति आयोगको ध्यानाकर्षण भएको र संगठनले उठाएका तीन बुँदे मागहरु शिक्षा मन्त्रालयसँग सम्बन्धित देखिएकोले सो को जानकारीको लागि भन्दै तीन बुँदे मागहरु उल्लेख गरी पठाएको छ । पत्रमा अनसनरत संगठनलाई बोधार्थ समेत पठाएको छ ।

यता अनसनरत संगठनले भने आफ्ना मागहरुका विषयमा मन्त्रालयसँग वार्ताको बातावरण बनाउनु पर्ने र माग पूरा नहुँदासम्म अनसन नतोडिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर