दाहालको रक्षात्मक र ओलीको प्रतिकात्मक लडाइँ सुरु

प्रकाशित मिति : २०७६ जेष्ठ १८

काठमाडौं । अबको एक वर्षभित्रै आफू प्रधानमन्त्री बन्ने पुष्पकमल दाहालको दावामा ओली प्रतिकात्मक देखिएका छन् । सधैं ओली विदेशमा रहँदा स्वदेशमा केही न केही गर्ने दाहालले यस पटक भने अ‍ेली भारत भ्रमणमा रहँदा आफू प्रधानमन्त्री बन्ने र उक्त सहमति ओली र आफूका बीचमा पार्टी एकता हुँदाका बखत भएको खुलासा गरेका थिए ।
आलोपालो गरी प्रधानमन्त्री हुने सहमति पुरानै भएको भन्दै ओलीले यसलाई धेरै व्यंग्यबाण भने कसेनन् । बरु उनले यो सहमति आफूबाट उल्लंघन नहुने खालको आश्वासन पनि दिलाए । दाहालले भने केही आक्रोशित मुद्रामा ‘आलोपालो नमाने’मा कसैको भलो नहुने चेतावनीयुक्त भाषा बोलेका थिए ।
यो भाषा आश्चर्य लाग्ने खालको नभए पनि सरकारी कम्युनिष्ट डबल नेकपाभित्रको आन्तरिक अन्तरविरोध सतहमा ल्याउने माध्यम भने बनेको थियो । दाहालले ‘म पर्खिएको छ’, म ‘आशावादी छु’ र यसलाई अहिल्यै ‘बढी नतन्क्याऔं’ भनी अधैर्यताका शब्दावली प्रयोग गरेबाट उनी ओलीको मुखबाट जे हो त्यही आओस् भन्ने चाहेका देखिन्थे ।
अझै पनि दाहालले ‘परिस्थिति अनुकूल रहेमा’, ‘हेर्दै जाऔं’, ‘कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ’ भन्ने जस्ता चोटिला र अविश्वास व्यक्त गर्ने शब्दावलीहरु प्रयोग गरिरहेका छन् । दाहालका अनुसार ओलीले आफ्नो पद अब ‘चार पाँच दिन मात्रै बाँकी रहेको’ भनी दिएको अभिव्यक्ति निकै प्रतिकात्मक रहेको औल्याएका छन् ।
प्रम ओलीसँग दाहाल धेरै कुरामा झस्किएका छन् । पहिलो हो, पार्टीमा उनलाई सेरेमोनियल मात्र राख्नु, देस्रो हो, मोदीसँग खुसामद भई दिल्लीले पाँचै वर्ष ओलीलाई सरकार चलाउन स्वीकृति प्रदान गर्नु, तेस्रो हो, पार्टी एकताको भागबण्डामा रामबहादुर थापा बादललाई भन्दा कम भाग दिनु र दाहाल ओलीको पिछागर्दै अमेरिकी लबीतिर घोप्टिन पगेपछि दिल्लीले अविश्वास गर्नु र अमेरिकाले ओलीलाई अघि सारी दाहाललाई थान्को लगाउनु ।
ओली विरुद्ध खिचडी पकाइसकेपछि दाहालले भनेका छन्– ‘यति भनेपछि प्रधानमन्त्री ज्यूले त्यो कुरा राम्ररी बुझ्नुभएको छ ।’