काठमाडौं । पत्रकार तथा कवि कृष्णसेन इच्छुकको १७ स्मृति दिवसमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । क्रान्तिकारी पत्रकार महासंघ, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन नेपाल, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार समाज, नेपालको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी कार्यक्रममा वक्ताहरुले नेपालको क्रान्तिकारी राजनीतिक, साहित्यिक तथा पत्रकारिताको आन्दोलनमा इच्छुकले पु¥याएको योगदानका चर्चा गर्दै इच्छुकका अधुरा सपना र अपुरा संघर्ष पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नु र इच्छुक हिडेको आमूल परिवर्तनको बाटो हिड्ने संकल्प गर्नु नै इच्छुक स्मृति दिवस मनाउनुको सार्थता रहने कुरामा जोड दिएका थिए । वक्ताहरुले हत्या गरिएको १७ वर्षको अवधिमा इच्छुक सम्बद्ध पार्टी नेतृत्व पटक पटक सत्तासिन हुँदा पनि इच्छुकका हत्यारालाई सार्वजनिक गर्ने र कारबाही गर्ने भन्दा पनि पुरस्कृत गरिनु विडम्बना भएको भन्दै अविलम्ब इच्छुकका हत्यारालाई सार्वजनिक गरी कारबाही गर्न माग गरे ।


क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल जनसाँस्कृतिक महासंघ तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, बरिष्ठ पत्रकार कुमार शाह, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, नेपाल प्रेस सोसाइटीका का.वा. अध्यक्ष केशव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली लगायतका नेताहरुले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

हार्दिक शुभकामना !


कार्यक्रम इच्छुकलाई चरम यातना दिई हत्या गरिएको महेन्द्र पुलिस क्लव अगाडि गरिएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसको समेत उपस्थिति रहेको थियो ।


यसैबीच, इच्छुक साँस्कृतिक प्रष्तिठानले अहिले प्रतिष्ठानकै हलमा अहिले विशेष कार्यक्रम गरिरहेको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ लगायत नेता कार्यकर्ताहरु, साहित्यिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर